मुख्यमन्त्रीद्वारा ३ कलाकारलाई पुरस्कार प्रदान , कला क्षेत्रको प्रवद्र्धनमा सरकार प्रतिबद्ध

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७८
art gallary

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कला क्षेत्रको प्रवद्र्धन र सम्बद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिर्जनशील कलाकार समूह पोखराले शनिबार आयोजना गरेको सिर्जनशील युवा कला पुरस्कार सम्मान समारोहमा मुख्यमन्त्री पोखरेलले उक्त प्रतिबद्धता जनाएका हुन् ।

दुर्गा बराल वात्स्यायन जस्ता कलाकार जन्माउने पोखरा ललितकलाको पाठशाला नै रहेको भन्दै उनले यसलाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्दै जानुपर्ने भनाइ राखे । आर्थिक वर्षको अन्तिममा सरकार बनेकाले हतारमा बजेट ल्याउनुपर्ने सन्दर्भ जोड्दै छुटेका तर महत्वपूर्ण क्षेत्रलाई समेट्दै जाने प्रतिबद्धता जनाए । पाठ्यक्रममा समेत ललितकलाई समेट्ने गरी प्रदेश सरकार अगाडि बढ्ने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । नेपालको लोकतान्त्रिक परिवर्तनका क्रममा कलाकारहरुका स्मरण गर्दै उनले सबै क्षेत्रको क्रियाशीलताबाटै अहिलेको उपलब्धि हासिल भएको चर्चा गरे ।

कलाकार, साहित्यकार तथा समासेवी विश्वरत्न शाक्य र उनका परिवारले पिता सिद्धिरत्न शाक्य र माता सेतुलीमाया शाक्यको स्मृतिमा २०६४ सालमा उक्त पुरस्कार स्थापना गरेका हुन् । यो पुरस्कार सबैभन्दा पहिला पोखराकै सुनिल सिग्देलले प्राप्त गरेका हुन् । हालसम्म यो पुरस्कार १५ जनाले पाएका छन् । कोभिड महामारीका कारण पोहोर र परार हस्तान्तरण गर्न बाँकी पुरस्कार समेत यसै पालि प्रदान गरिएको हो ।

सिर्जनशील युवा कला पुरस्कार– २०७६ दलबहादुर गुरुङ, २०७७ अमृतबहादुर कार्की र २०७८ मनोज तामाङलाई प्रदान गरिएको हो । मुख्यमन्त्री पोखरेल र सिर्जनशील कलाकार समूह कास्की अध्यक्ष अग्रज कलाकार दुर्गा बरालले उक्त पुरस्कार प्रदान गरे । पुरस्कारको राशि जनही १० हजार रुपैयाँ छ ।

कार्यक्रममा समूह अध्यक्ष बरालले पोखरामा २०२८ सालबाट कलाकार संगठित हुन थालेको भन्दै यतिका वर्षसम्म आइपुग्दा पनि भौतिक रुपमा कुनै प्रगति हुन नसकेकोप्रति दुख व्यक्त गरे । सरकार र नीति निर्माण गर्नेहरु नै यस विषयमा संवेशनशील हुनुपर्ने भन्दै हालसम्म त्यसो हुन नसकेको उनले बताए । पोखरा महानगरको पुरानो भवनमा महेन्द्रपुलमा निजीस्तरबाट ग्यालरी स्थापना भए पनि अहिले अलपत्र परेको उनले सुनाए । कलाकारलाई ग्यालरी भनेको माछालाई पानीजस्तै हो भन्दै उनले यसका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा सम्मानितमध्येबाट दलबहादुर गुरुङ, अग्रज कलाकार, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, साहित्यकार रमेश श्रेष्ठ, पोखरेली युवा सांस्कृति परिवारका अध्यक्ष मोति भुजेल लगायतले शुभकामना व्यक्त गरे । अग्रज कलाकार लोकबहादुर गुरुङले सम्मानितत्रयको चिनारी प्रस्तुत गरेका थिए । कलाकार एवं पोखरा प्रज्ञा प्रतिष्ठानकी कार्यकारिणी सदस्य मीलन शेरचनले उक्त अवसरमा स्वागत गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति…
  • ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा आयोजनामा शनिबार…
  • फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०८०
    पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै…
  • कर्मचारी युनियन कास्कीको क्यालेन्डर

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विसं २०८१ को क्यालेन्डर निकालेको छ । शुक्रबार पोखरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…

hero news full width