अनुपम सहकारीको साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज २, २०७८
anupam~

पोखरा । अनुपम बचत तथा ऋण सहकारी संस्था, पोखरा–४ को नवौं वार्षिक साधारण सभा भएको छ ।
संस्थाका अध्यक्ष जहेन्द्रमान पालिखेको अध्यक्षतामा भदौ २२ देखि सुरु साधारणसभा असोज १ मा अन्तिम निर्णय गर्दै सम्पन्न भएको हो । कोरोना महामारीको विषम परिस्थितिमा सरकारले जारी गरेको निर्देशन पालना गर्दै सञ्चालक समिति, लेखा समिति, कर्मचारी तथा फ्रेमभित्रका सदस्यमात्र उपस्थिति भइ संस्थाको प्रांगणमा साधारण सभा भएको हो ।
साधारणसभामा संस्थाका सचिव खिमबहादुर गुरुङले वार्षिक प्रतिवेदन पेस गरेका थिए । उनले आव २०७८÷७९ को योजना प्रस्तुत गरेका थिए । लेखा संयोजक डिल्लुराम श्रेष्ठले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width