धर्मले आचारसंहितामा समेट्छ : मुख्यमन्त्री पोख्रेल

आदर्श समाज सम्वाददाता
असाेज २, २०७८
Mani Bhadra News 3

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धर्मले नै मानिसलाई आचारसंहितामा समेट्ने बताएका छन् ।
मानव मिलन संस्थाले जैन स्थानक भवन पोखरामा शुक्रबार आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै उनले धर्मले नै मानिसलाई अनुशासित बनाएको बताए ।
उनले भने, ‘मानिस आचारसंहिताभित्र बाँधिएर बस्नु न धर्म हो, धर्मबिना मानिस बाँच्न सक्दैन ।’ उनले मानिस प्रतिस्पर्धाका नाममा हुने विकृति रोक्न पनि धर्मको पालना गर्नुपर्ने बताए ।
मुख्यमन्त्री पोखरेलले मानव मिलनका संस्थापक नेपालकेशरी डा. मणिभद्र मुनि महाराजको प्रवचनबाट आफू प्रभावित भएको बताए ।
दैनिकरुपमा हुने प्रवचनमा डा. मणिभद्र मुनि महाराजले धर्म जान्न र बुझ्नका लागि गहिराइसम्म शास्त्र पढ्न जरुरी नभएको र प्रत्येक नागरिकले इमानदारीपूर्वक नियम पालना गर्नु नै धर्म हो भने ।
मानव जातिले आफ्नो धर्म छाड्दा समाजमा विकृति मौलाएको उनको भनाइ थियो । उनले आफूसँग जे छ, त्यसैमा रमाउनुपर्ने उनको जोड छ ।
प्रवचन कार्यक्रममा राष्ट्रिय धर्म जागरण अभियान नेपालका संयोजक पूर्व सांसद शंकर पाण्डे, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, क्षेत्रीय शिक्षा निर्देशक अम्बिकाप्रसाद आचार्यले धर्मका बारेमा बोलेका थिए ।
कार्यक्रम सञ्चालन जैन भवन व्यवस्थापन समितिका महासचिव सावित्री शर्माले गरेकी थिइन् । मानव मिलनमा हरेक दिन बिहान ८ बजेदेखि प्रवचन हुँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width