लेउवा संघ महाधिवेशन सुरु

रामशरण नेपाली
असाेज २, २०७८
Lcci bhuban

लेखनाथ । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र सुधार र निजी क्षेत्रतर्फबाट मुलुकको समृद्धिमा योगदान दिन राष्ट्रिय आर्थिक रुपान्तरण, २०३० को मार्गचित्र तयार पारिएकोे बताएका छन् ।
लेखनाथ उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभा तथा १३ औं महाधिवेशन शुक्रबार उद्घाटन गर्दै उनले मुलुकको समृद्धिमा अहिलेभन्दा व्यवस्थित र प्रभावकारी योगदान दिन राष्ट्रिय आर्थिक रुपान्तरण, २०३० ले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
‘योजना लागु भए १ खर्ब ५० अर्ब डलर बढी लगानी अर्थतन्त्रमा भित्रिन्छ,’ महासंघ अध्यक्ष गोल्छाले भने, ‘जसमध्ये करिब १ खर्ब ८ अर्ब डलर निजी क्षेत्रबाट लगानी हुनेछ ।’ महासंघले अर्थतन्त्र सुधारका लागि स्पष्ट अवधारणा हुनुपर्ने मागसहित राष्ट्रिय आर्थिक रूपान्तरण, २०३० ल्याएको स्पष्ट पारे । आगामी दशकमा अहिले रहेको ३४ अर्बको डलरको अर्थतन्त्र १ खर्ब डलरमा पुर्‍याउन र दोहोरो आर्थिक वृद्धिदर हासिल गर्न सम्भव हुने अध्यक्ष गोल्छाको भनाइ छ ।
मुलुकको अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र सम्मानित हुँदै गएमात्र सम्मुन्नति पनि सँगसँगै आउने भएकाले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको बताए । उनले बजेटको आकार बढाएरमात्रै विकास सम्भव नभएको भन्दै अनुत्पादक क्षेत्रको खर्चमा बजेट कम गर्न सुझाव दिए । चाडबाडको बेला बजार अनुगमन नाममा व्यवसायीलाई अनावश्यक दुख दिने प्रवृत्ति रहेको भन्दै गलत काम गर्नेलाई भने कानुनी कारबाही दायरामा ल्याउन उनले आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठले परियोजनामा आधारित कर्जाको सम्भाव्यता अध्ययन गरेर महासंघले राष्ट्र बैंकलाई प्रतिवेदन बुझाएको र धितो आधारमा कर्जा लगानी गर्दा वित्तीय संस्थालाई हुन सक्ने लगानी जोखिम न्यूनीकरण गर्ने सम्भावित संयन्त्रसहित केही महत्वपूर्ण सुझाव दिइएको बताए ।

उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले राष्ट्रिय आर्थिक रुपान्तरण, २०३० को मार्गचित्रबारे प्रष्ट पारे

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष नारायण कोइराला, लेखनाथ उद्योग वाणिज्य संघ संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, संघका पूर्व अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य बावुराम गिरी लगायतले कोभिडको मारमा परेका व्यवसायीको हकहितका सवालमा नीतिगत योजना ल्याउनु पर्ने सुझाव राखे ।
सो अवसरमा अग्रज पत्रकार नारायण कार्कीलाई ‘चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक पत्रकारिता सम्मान’ बाट सम्मानित गरियो । लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यद्वारा स्थापित सो पुरस्कारको राशि १ लाख १ हजार रुपैयाँ र सम्मानपत्र छ ।
कार्यक्रममा सम्मानित पत्रकार कार्कीले पत्रकारिताको लागि कुनै उमेर हद नहुने बताउँदै आफूले अहिलेसम्म पाएको पुरस्कार रकममा थप गरी अक्षयकोषमार्फत अर्को पुरस्कार स्थापना गर्ने घोषणा गरे ।
संघका पूर्व कार्यसमिति सदस्य कृष्णप्रसाद ढुंगानाद्वारा स्थापित वातावरण पुरस्कारबाट पोखरा–३१, नहरचोकस्थित नमुना टोल विकास संस्थालाई सम्मान गरिएको छ । संघका पूर्व अध्यक्ष नारायण कोइलालाद्वारा स्थापना गरिएको अक्षयकोषबाट जनप्रकाश स्कुलमा अध्ययनरत देउमाया थापालाई छात्रवृति प्रदान गरिएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय र सञ्चालन महासचिव गोपिचन्द्र बास्तोलाले गरेका थिए ।

संघको महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि शनिबार मतदान हुँदैछ । १६ पदका लागि ३७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । चुनावमा १ हजार ७ सय ३६ मतदाता छन् । स्वास्थ्य सुरक्षा मापदण्ड पालना तथा सामाजिक दूरी कायम गर्दै हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयुक्त हेमराज बरालले बताए । संघको अध्यक्षमा यसअघि नै छत्रधर आत्रेय निर्विरोध भइसकेका छन् । यस्तै, संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एशोसियट सदस्यमा मेघराज पौडेल सर्वसम्मत भएका छन् ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width