१,५५८ सङ्क्रमित थपिए, १,३५१ सङ्क्रमण मुक्त

रासस
असाेज १, २०७८
Corona Banner

काठमाडौं । विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ हजार ३८५ जनामा परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमण दर १९।२ प्रतिशत पुगेको छ । सक्रिय सङ्क्रमित २५ हजार ४९७ जना छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १० र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० पुगेका छ । आज एक हजार ३५१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ४६ हजार ५६६ कोरोना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५।३ प्रतिशत छ ।

सङ्क्रमणबाट आज एकै दिन १० जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार १२ जनाको मृत्यु भएको छ । नेपालमा प्रतिदश लाखमा ३७१।२ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । त्यस्तै ३८६ जना सघन उपचार कक्ष ९आइसियु०, ११७ भेन्टिलेटर, २३ हजार ९५० होम आइसोलेशन, एक हजार ५४७ संस्थागत आइसोलेशन र २३६ जना क्वारेन्टिनमा छन् ।

आज ६० हजार १५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म ६० लाख ८३ हजार १२४ जनाले पहिलो मात्रा र ५४ लाख सात हजार ३८० ले पूर्णमात्रा खोप लगाइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width