पैरावन गाउँ लायन्स नमुना उद्यमी गाउँ

आदर्श समाज सम्वाददाता
असाेज १, २०७८
Lions Model village Lamjung news bhadra 30

पोखरा, ३१ भदौ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालको यस वर्षको लायन्स नमुना उद्यमी गाउँ बनाउने अभियानअन्तर्गत बुधबार लमजुङको मध्यनेपाल ७, पैरावन गाउँलाई ‘लायन्स नमुना उद्यमी गाउँ’ को रुपमा उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले सो गाउँलाई लायन्स उद्यमी नमुना गाउँ बनाउने अभियानको उद्घाटन गरिन् । उनले सामाजिक संस्था लायन्सले गरेका सेवा कार्यको प्रशंसा गर्दै पैरावन गाउँलाई नमुना उद्यमी गाउँ बनाउने लायन्सको अभियानमा सबैले सहयोग गर्नुपर्ने बताइन् । उनले सो गाउँ छनोट गरेकोमा पनि लायन्स डिष्ट्रिक्ट ३२५ वि १ परिवारप्रति धन्यवाद दिइन् ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ का डिष्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले लायन्सले हरेक वर्ष विभिन्न कार्यक्रम गरिरहेको र यो वर्ष दीगो विकासको कार्यक्रम गर्ने उद्देश्यले १४ जिल्लाका १४ गाउँमा नमुना उद्यमी गाउँ बनाउने योजनाअनुरुप सो गाउँमा कार्यक्रम ल्याएको प्रष्ट पारे । लायन्सले गर्ने नियमित सेवाका कार्यसँगै नमुना उद्यमी गाउँ बनाउने अभियानमा सहकार्य गर्न गभर्नर आचार्यले सबैलाई आग्रह समेत गरे ।
लायन्स मोडेल भिलेज लमजुङका प्रमुख तथा कार्यक्रम संयोजक चन्द्रप्रसाद अधिकारीले पैरावन गाउँमा यो वर्ष लायन्सका कार्यक्रम केन्द्रित गरी स्थानीय जनतालाई विभिन्न किसिमका तालिम, सीप सिकाउँदै कृषि, पशुपालनबाट गाउँलेको आयआर्जन बढाउने अभियानमा लायन्स लागेको बताए ।
कार्यक्रममा डिष्ट्रिक्ट तथा विभिन्न क्लब, संघ सस्थाबाट प्राप्त करिब १३ लाख बराबरको सामग्री गाउँलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा १ हातेट्रयाक्टर, ३ ल्यापटप, ४२ बाटर फिल्टर, ४८ डस्टबिन, ४० मौरीघार, ९१ स्कुल ब्याग, १ सय स्बीटर, २ सिलाइ मसिन, ३ आरन हस्तान्तरण गरियो । यस्तै। बाद्यवादनका सामग्री, खेलकुद सामग्री, स्टेसनरी, तरकारी फलफूलका बिरुवा छात्रवृत्ति लगायत सामग्री हस्तान्तरण गरिएको डिष्ट्रिक्ट ३२५ वि १ नेपालका क्याबिनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाईंले बताए ।
कार्यक्रममा मध्यनेपाल नगरपालिकाका प्रवक्ता तथा वडा ७ अध्यक्ष गगन घिमिरे, ब्रिटिस नागरिक लि बिलियन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृष्णप्रसाद तिवारी, लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका एलआरपिसी चिफ राम बसेल, क्लस्टर चिफ मधुसुदन कोइराला, सेकेन्ड भिडिजी मणिश्रीरत्न बज्राचार्य, फस्ट भिडिजी महेन्द्र पौडेल, मोडल भिलेज उपभोक्ता समूह लमजुङ अध्यक्ष बुद्धिसागर पोख्रेल लागायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width