तनहुँमा ट्रक दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

आदर्श समाज सम्वाददाता
असाेज १, २०७८
Tanahun Accident

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यासमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् ।
राति करिब साढे १२ बजे डुम्रेबाट दमौली आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको थियो ।
सवारमध्ये ठेगाना नखुलेको अन्दाजी २९ वर्षका चालकको मृत्यु भएको छ भने नवलपुर, कावासोतीका १४ वर्षका राजकुमार बिक घाइते भएका छन् । घाइतेको सामान्य अवस्थामा दमौली रत्नहरी अस्पतालमा उपचार भईरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width