६ सयमै पोखरा घुम्न पाइने

Suraj Hazare Dahal
भाद्र ३१, २०७८
Pokhara tour bus

पोखरा । छोटो अवधिमै पोखरा घुम्न चाहनेलाई कम शुल्कमै बस सेवा सञ्चालन हुँदैछ । कोरोना संक्रमण घटेसँगै पर्यटकीय नगरी पोखरा घुम्न नयाँ प्याकेज ल्याइएको हो ।
पोखरा बसाइँ छोटो छ तर धेरै ठाउँ घुम्न चाहनेलाई होटलकै पर्यटक बोक्ने गाडी तथा महँगो शुल्क लिने भाडाको ट्याक्सीबाहेक अर्को कुनै उपाय छैन । तर पछिल्लो समय घोषित प्याकेजमा ८ घण्टामा पोखरा उपत्यकाको प्रमुख पर्यटकस्थलमा घुमाउने गरी बस सेवा सुरु हुँदैछ ।
पोखराबाट काठमाडौं तथा लुम्बिनीसम्म लामो दूरीमा बस सेवा दिइरहको स्विफ्ट होलिडेले पोखराको रमणीय ठाउँ घुमाउने गरी ६ सय रुपैयाँमा एकदिने प्याकेज ल्याएको हो । असोज १ देखि सुरु हुने उक्त सेवा हरेक दिन बिहान ८ बजे लेकसाइडको हल्लनचोकबाट सुरु भइ साँझ ५ बजे सकिने छ ।
स्विफ्ट होलिडेका मार्केटिङ म्यानेजर प्रदीप भट्टका अनुसार पर्यटकलाई हल्लनचोक हुँदै फिस्टेल गेटबाट लिएपछि विन्ध्यवासिनी मन्दिर भ्रमण गराएर सराङकोट पुर्‍याइनेछ । त्यसपछि वेगनासताल पुर्‍याएपछि त्यहाँ पर्यटकले अवलोकन गरेपश्चात दिवा खाना खाने छन् । बेगनासपछिको गन्तव्य शान्ति स्तुपा, शिव मन्दिर, पातले छाँगो, गुप्तेश्वर गुफा, रातो पहिरोस्थित बन्जी जम्प रहनेछ ।
अन्त्यमा, फेवाताल सिरान पामे लगेर १ घण्टाको विश्रामपछि हल्लनचोक र फिस्टेल गेटमा पर्यटकलाई छोडेर ८ घण्टाको घुमघाम सकिने उनले बताए । चौबिस सिट क्षमताको २ बसका ठूला झ्यालबाट पर्यटकले वाह्य दृश्यको मजा लिन सक्ने छन् । बस टिकट इसेवाबाट समेत काट्न सकिने छ ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width