पोखरा । बगैंचा टोल विकास संस्था पोखरा ६, बैदामको अध्यक्षमा पुन मीना ढकाल चयन भएकी छन् । संस्थाको बुधबार सम्पन्न प्रथम अधिवेशन तथा दोस्रो साधारणसभाले उनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा उर्मिला ढकाल, सचिव रेनु थापा लामिछाने, कोषाध्यक्ष राम ढकाल र सहसचिव रमा शिवभक्ति चुनिएकी छन् । यस्तै सदस्यमा बासु बराल, चन्द्रकला घिमिरे पहारी, गौमाता कुँवर, मीठु गिरी, शोभाखर सुनार, जानुका पौडेल, कृष्ण शाक्य, चन्द्र रानाभाट, हरि ढकाल र सीता पौडेल चयन भए ।
वडाध्यक्ष जगतबहादुर पहारीले वडा ६ का २७ टोल विकास संस्थाहरुमध्ये बगैंचा टोल विकास संस्था पृथक रहेको बताए । उनले समाजका विकृति विसंगति न्युनीकरण गर्दै जनचेतना फैलाउन विविध कार्यक्रम गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा टोल सुधार समन्वय समिति बैदामका पूर्व अध्यक्ष तथा रेडक्रस बैदामका सभापति गिरीराज अधिकारी, संस्थाका सचिव रेनु थापा लामिछाने, सल्लाहकार प्रेमनारायण अधिकारी, सल्लाहकार बलराम गिरी, मिडिया सल्लाहकार गणेश पहारी, सदस्य बासु बराल लगायतले बोलेका थिए । अध्यक्ष मीना ढकालको अध्यक्षमा भएको कार्यक्रममा उपाध्यक्ष उर्मिला ढकालले स्वागत मन्तव्य राखेकी थिइन् । सचिव रेनु थापा लामिछानेले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कावा कोषाअध्यक्ष बासु बरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सभाले सर्वसम्मत पारित गरेको छ ।
Related News
सम्बन्धित समाचार
प्लाष्टिकमुक्त नगर अभियानमा सहयात्री सहकारी
बहुउद्देश्यीय सामाजिक भवन निर्माण
बागलुङ–पोखरा मगर समाजमा गजेन्द्र
सगरमाथामा विद्यार्थी स्वागत एवं सम्मान
प्रेस सेन्टर पदाधिकारीको सम्मान
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९