काठमाडौं । विगत २४ घण्टामा देशभर एक हजार ७६० मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार १६ हजार ८४४ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी आज काठमाडौँ उपत्यकामा ४९५ जनामा सङ्क्रमण पुष्टि भएको छ । उहाँका अनुसार भक्तपुरमा ६३ जना, ललितपुरमा ७२ र काठमाडौँ ३६० सङ्क्रमित भेटिएका छन् । पछिल्लो पटक कूल परीक्षण गराएकामध्ये सङ्क्रमित हुने दरमा पनि कमी आएको पौडेलले बताउनुभयो । गत साउनमा परीक्षण गराएकामध्ये २२ प्रतिशतमा सङ्क्रमण हुने गरेकामा हाल आएर त्यो घटेको पाइएको उहाँको भनाइ छ । कूल परीक्षण गरिएकामध्ये १०।६ प्रतिशतमा सङ्क्रमण देखिएको पौडेलले जानकारी दिनुभयो ।
यस्तै सक्रिय सङ्क्रमित २६ हजार ३०३ छन् । पाँच हजारभन्दा बढी सङ्क्रमित भएका जिल्ला ११ छन् । यस्तै उहाँका अनुसार एक हजार २२० सङ्क्रमण मुक्त भएका छन् । हालसम्म सात लाख ४३ हजार ५२६ सङ्क्रमण मुक्त भएका छन् । नेपालमा सङ्क्रमण मुक्त हुने दर ९५।२ प्रतिशत छ ।
यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा सात जनाको ज्यान गएको छ । हालसम्म सङ्क्रमणबाट १० हजार ९९१ को मृत्यु भएको छ । नेपालमा प्रति लाखमा ३७० को सङ्क्रमणको कारणले मृत्यु हुने गरेको छ । यस्तै ४०७ सघन उपचार कक्ष ९आइसियु०, १२९ जना भेन्टिलेटर, २४ हजार ६८३ जना होम आइसोलेशन, एक हजार ६२४ जना संस्थागत आइसोलेशन र २१८ जना क्वारेन्टिनमा छन् ।
यसैगरी आज २९ लाख ९१ हजार १३१ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ६० लाख चार हजार १९ ले पहिलो मात्रा र ५४ लाख १५ हजार ४२७ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१