ओनोद्वारा तनहुँमा छात्रवृत्ति

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७८
scholarship shreebhadras

हेमजा । हाम्रो नयाँ अवसर सामुदायिक संस्था (ओनो) कास्कीले तनहुँको भीमाद नगरपालिका १ स्थित विभिन्न विद्यालयमा छात्रवृत्ति वितरण गरेको छ । संस्थाले स्थानीय ५ विद्यालयका २० विद्यार्थीलाई जनही १० हजारका दरले नगद तथा जिन्सी सामग्री प्रदान गरेको हो ।
कार्यक्रममा वडा सदस्य टेकबहादुर थापाले ग्रामीण क्षेत्रका गरिब तथा जेहेनदार विद्यार्थीको पठनपाठनलाई छात्रवृत्तिसँगै प्रोत्साहन मिलेको बताए ।
संस्थाका अध्यक्ष देवीलाल दाहाल, सचिव विष्णुप्रसाद बराल, सल्लाहकार भोलानाथ पौडेल, कोषाध्यक्ष डिल्लीराम आचार्य लगायतले संस्थाका गतिविधि प्रकाश पारेका थिए ।
तनहुँ जिल्ला संयोजक केशव तिमिल्सिनाले छात्रवृत्तिका लागि छनोट प्रक्रियाबारे स्पष्ट पारे ।
कार्यक्रमबीच स्थानीय सिद्घार्थ माविका १०, पृथ्वी माविका २, बलभद्र आधारभूत विद्यालयका २, ज्ञानज्योति माविका २ र सिद्घार्थ आधारभूत विद्यालयका ४ विद्यार्थीलाई सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा अभिभावकको रोहवरमा छात्रवृत्ति प्रदान गरिएको थियो ।
सिद्घार्थ माविका अध्यक्ष विश्वामित्र सिग्देल, प्रधानाध्यापक टीकानिधि लम्साल लगायतले कार्यक्रम महत्वपूर्ण रहेको भन्दै निरन्तरता दिनुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width