Worldlink ads

लायन्स पोखरा गण्डकी दोभानको सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७८
lions dovan

पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकी दोभानले पोखरा २४, कास्कीकोट मौजामा खाद्य सामग्री वितरण गरेको छ । क्लबले त्यहाँका ९ घरपरिवारका अति विपन्न, अपांगता भएका व्यक्ति, अशक्त, वृद्धवृद्धा एवं सुस्त मनस्थिति भएका व्यक्तिलाई दाल, चामल, तेल, आँटा, नुन लगायत खाद्य सामग्री वितरण गरेको हो ।
बाल दिवसकै दिन भएको सो कार्यक्रममा स्थानीय ४० जना बालबालिकालाई स्टेसनरी सामान, मास्क, सेनिटाइजर समेत वितरण गरिएको क्लब अध्यक्ष सरु थापाले जानकारी दिइन् ।
प्रमुख अतिथि लायन्स क्लब इन्टरनेस्नल डिस्ट्रिक्ट ३२५ बि १ नेपालका रिजन–१० का रिजन चेयर पर्सन अमृत बरालले समाजमा लायन्स गरेका कार्यको बारेमा प्रकाश पारेका थिए । उनले लायन्स पोखरा गण्डकी दोभान पनि विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहेको भन्दै अझ प्रगतिको कामना गरे ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष लता थापा कुँवर, जोन चेयर पर्सन सरला तिमिल्सिना, स्थानीय समाजसेवी टीकाराम त्रिपाठी, पोखरा २४ की जनप्रतिनिधि मीना नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्लब अध्यक्ष सरु थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक विद्या गिरी र सञ्चालन सचिव चन्द्रु रानाभाटले गरेका थिए । महिलामात्र आबद्ध सो क्लबमा हाल ३५ सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

    • स्पोर्ट्स क्यासल लगातार शीर्षमा

      आदर्श समाज सम्वाददाता असाेज १२, २०७८
      पोखरा  । पोखरामा जारी ‘ए’ डिभिजन फुटसल लिगअन्तर्गत सोमबारको खेलमा फुटसल फाइभ, प्रभातफेरी र स्पोट्र्स क्यासल विजयी भए । पहिलो…
    • मिस कल्चर प्रतीक्षा वृद्धाश्रममा

      आदर्श समाज सम्वाददाता असाेज १२, २०७८
      पोखरा । मिस कल्चर २०२० विजेता प्रतीक्षा बास्तोलाले आफ्नो जन्मदिन मानवसेवा आश्रममा मनाएकी छन् । पोखरा २५ मा रहेको मानव…
    • पोखरामा यात्रु सहायता कक्ष स्थापना

      आदर्श समाज सम्वाददाता असाेज १२, २०७८
      पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय, कास्कीले चाडपर्वमा यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको…
    • पोखराको सुन्दरतामा रमाए राजदूत

      विजय नेपाल असाेज ११, २०७८
      पोखरा । नेपालस्थित विभिन्न राष्ट्रका ११ राजदूतसहित कुटनीतिक नियोगका पदाधिकारी सम्मिलित विशिष्ट पाहुनाको टोली पोखराको सुन्दरतामा रमाएको छ । गण्डकी…
    • लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचित टोलीलाई व्यवसायीको बधाई

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      पोखरा । पोखरा उद्योग वाणिज्य संघले लेखनाथ उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष छत्रधर आत्रेय नेतृत्वको कार्यसमितिलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads