व्यवसायीको क्षमता विकास मेरो एजेन्डा : भट्टराई

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७८
LccI Shailendra Mohan Bhattarai

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनमा द्वितीय उपाध्यक्ष पदमा व्यवसायी शैलेन्द्रमोहन भट्टराईले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।
उद्योग वाणिज्य संघको स्थापनाकालको दोस्रो वर्षदेखि आबद्ध पुराना व्यवसायी भट्टराई २०७४ सालमा संस्थागत कार्यसमिति सदस्य हुँदै उद्योग वाणिज्य संघ प्रवेश गरेका हुन् । उनले २ कार्यकाल सदस्य तथा संघको विभिन्न उपसमितिमा बसेर संघलाई महत्वपूर्ण योगदान दिएका छन् ।
व्यावसायिक तथा सामाजिक क्षेत्रमा ख्याति कमाएका भट्टराईको द्वितीय उपाध्यक्षमा परेको उम्मेदवारीलाई उद्योगी, व्यवसायीहरुले सकारात्मक अपेक्षा गरेका छन् ।
मतका लागि उद्योगी, व्यवसायीहरुसँग प्रत्यक्ष भेटघाटमा व्यस्त रहेका भट्टराईले व्यक्तिको कामको मूल्यांकन गरेर सक्षम व्यक्तिलाई वाणिज्य संघमा स्थान दिन अनुरोधसमेत गरेका छन् ।
उनले भने, ‘नेपालकै उत्कृष्ट उद्योग वाणिज्य संघ अवार्डमा मात्र होइन, व्यवसायिको क्षमता विकासमा समेत उत्कृष्ट बन्नुपर्ने मेरो पहिलो एजेन्डा छ ।’ पर्यटन, कृषि, रेस्टुरेन्ट, सीप विकास, हस्तकलाका व्यवसायलाई संघमा जोड्न पहल गर्दै ठूलादेखि साना फुटकर व्यवसायीका पिर मर्का बुझ्दै स्थानीय तथा प्रदेश सरकारसँग पहल गर्दै राहतका कार्यक्रम लाई जोड दिने भट्टराईको अर्को एजेन्डा छ ।
कोरोना पीडित व्यवसायीलाई कम ब्याजदरमा बिना धितो १५ लाखसम्म ऋण उपलब्ध गराएको स्मरण गर्दै आगामी दिनमा यस्ता खाले थुप्रै योजना अघि सारेको भट्टराईले बताए ।
हार्डवेयर व्यवसायीसमेत रहेका उनी विभिन्न सामाजिक संघ संस्थामा आबद्ध छन् । सिलिंगे कृषि उत्पादन सहकारी संस्थाका अध्यक्ष रहेका उनी लेखनाथ हार्डवयर एसोसिएसनका निवर्तमान अध्यक्ष, लेखनाथ सामुदायिक सेवा केन्द्रका संस्थापक सचिव तथा पूर्व अध्यक्ष, नेसनल एफएमका पूर्व अध्यक्ष तथा लायन्स क्लब अन्तर्रास्ट्रिय ३२५ बि १ नेपाल एनएलएफ चिफसमेत रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width