पोखरा जेसिसको साताव्यापी कार्यक्रम

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७८
JCI Photo

पोखरा । पोखरा जेसिसले ‘जेसिस सप्ताह २०२१’ आयोजना गर्ने भएको छ । भदौ २९ देखि असोज ४ गतेसम्म विविध कार्यक्रमको आयोजना गर्न लागेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
व्यक्तित्व, नेतृत्व विकासमा महत्पूर्ण योगदान पुर्‍याउँदै आएको पोखरा जेसिसले पोखरा १८ सराङकोटको मणिज्योति आधारभूत विद्यालयमा लाइब्रेरी स्थापना गरी सप्ताहको उद्घाटन गर्नेछ । दोस्रो दिन कौसी खेती तालिम, तेस्रो दिन पटक पटक प्रयोग गर्न सकिने सेनिटरी प्याड निर्माण तालिम र चौथो दिन उद्यमीसँग युवा विषयमा अन्तरक्रिया गर्नेछ । असोज २ गते कोभिडपश्चात्को स्वास्थ्य सचेतनाका लागि परामर्श, असोज ३ गते संविधानसम्बन्धी बहसमूलक कार्यक्रम गर्ने छ भने अन्तिम दिन गण्डकी प्रदेशका युवाहरु माझ वक्तृत्वकला प्रतियोगिता आयोजना गर्नेछ ।
वक्तृत्वकला प्रतियोगिताका लागि अनलाइनमार्फत फर्म वितरण भइसकेको इ. किरण केसीले जानकारी दिए । अनलाइनमार्फत हुने पहिलो चरणबाट उत्कृष्ट ५ जना छनोट हुनेछन् । ५ जनाबाट पहिलो हुनेलाई ८ हजार, द्वितीयलाई ५ र तृतीयलाई ३ हजार प्रदान गरिने उनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width