हल्ट प्राइजको पोविविको समूह र विषय घोषणा

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७८
Hult Prize News Content

पोखरा । अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्टअप पुरस्कार रहेको हल्ट प्राइजअन्तर्गतको हल्ट प्राइज एट पोखरा विश्वविद्यालयको २०२१/२०२२ संस्करणको समूह र विषय पोखरामा घोषणा भएको छ ।
विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुमा अन्तरनिहित नवीनतम सोंचलाई उजागर र मार्गनिर्देश गरी उद्यमशीलतालाई प्रोत्साहन गर्ने प्रयास स्वरुप उक्त कार्यक्रम हुन लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । हरेक वर्ष विभिन्न विधाहरुमा उद्यमशील परियोजनाहरुको चुनौती प्रतियोगिताको रुपमा सञ्चालन हुने उक्त कार्यक्रममा यसवर्ष हल्ट प्राइज फाउन्डेसनले २०२४ सालभित्र २ हजार जनालाई रोजगारी प्रदान गर्नका लागि चुनौती सार्वजनिक गरेको हल्ट प्राइज पोखरा विश्वविद्यालयका क्याम्पस निर्देशक प्रशान्त भुषालले बताए ।
यस चुनौतीको आधारमा विद्यार्थीहरुले आफ्नो व्यापारिक योजना प्रस्तुत गर्ने उनले बताए । आफ्नै क्याम्पसबाट सुरु हुने उक्त प्रतियोगिताका विजयीहरु रिजनल समिटमा प्रतिस्पर्धा गर्ने छन् । त्यहाँबाट छनोट भएको टोली ग्लोबल एक्सेरेलेसनबाट गाला एन्ड अवार्ड सेरेमनी गरी ४ वटा चरणमा विजयी हुनेछन् । यस अन्तर्रााष्ट्रयस्तरको कार्यक्रममा विजयी टोलीले १ मिलियल डलरको ग्लोबल स्टार्टअप पुरस्कार प्राप्त गर्नेछन् ।
१ सय २० भन्दा बढी देशका ३ हजारभन्दा बढी विश्वविद्यालय तथा क्याम्पसहरु आबद्ध हल्ट प्राइज फाउन्डेसनको परिकल्पनाकार पूर्व अमेरिकी राष्ट्रपति विल क्लिन्टनलगायत विश्व प्रसिद्ध व्यक्तित्वहरु हुन् । सन् २०१७ मा स्थापित हल्ट प्राइज पोखरा विश्वविद्यालयलाई यस वर्ष भने वर्ष २०२०/२१ का सहायक क्याम्पस निर्देशक प्रशान्त भुषालले नेतृत्व गर्नेछन् ।
उक्त कार्यक्रममा उनले २१ सदस्यीय आयोजना कमिटी घोषणा गरेका थिए । कार्यक्रममा हल्ट प्राइज नेपालका कम्युनिटी बिल्डर आशीष लामिछानेले स्थापना भएको ४ वर्ष बितिसक्दा सयौंको संख्यामा व्यापारिक परियोजनाहरु प्रस्तुत भइसक्दा पनि थोरैले मात्र आफूलाई बजारमा स्थापित गर्न सकेको बताए ।

यस वर्ष धेरैभन्दा धेरै योजनालाई मूर्त रुप दिनु नै हाम्रो प्रमुख उद्देश्य रहने उनले जनाए । यसै गरी विगतमा भएका उपलब्धिलाई कायम गर्दै यस वर्ष थप सुदृढ ढंगले हल्ट प्राइज फाउन्डेसनद्वारा निर्देशित सम्पूर्ण कार्य कुशलतापूर्वक सम्पन्न गर्ने आयोजकको प्रतिबद्धता रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width