कमेडी च्याम्पियनका फाइनलिष्ट सन्तोष पोखरामा

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७८
santosh thapa~

पोखरा । कमेडी च्याम्पियनमा उत्कृष्ट ३ मा पर्न सफल हास्य कलाकार सन्तोष थापालाई गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुभकामना दिएका छन् । सोमबार मन्त्रालयमै भेटेर उनले जीतको शुभकामना दिएका हुन् । ‘तपाईं गण्डकी प्रदेशको प्रतिभा हो । तपाईंलाई शुभकामना छ,’ उनले भने, ‘सरकारको तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार छु ।’ थापाले मुख्यमन्त्रीसँगै अर्थमन्त्री रामजी बराल र कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापासँग पनि भेटेर सहयोगको आग्रह गरेका छन् ।
यसैबीच, उनलाई गोरखा मिलन समाज पोखराले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सोमबार एक कार्यक्रममा उनलाई जिताउन आफूहरु एकजुट रहेको समाजका उपाध्यक्ष कोपिला श्रेष्ठले बताइन् । पोखरामा उनलाई जिताउन सहयोग अभियान नै चलेको छ । अभियानका संयोजक ऋषि गिरीले सन्तोष गोरखामात्रै नभई समग्र गण्डकीको तारा भएको भन्दै सहयोगको अपील गरेका छन् ।
पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले उनलाई पालुङटारको पहिचान र गण्डकीको शानको रुपमा उभ्याए । थापा भोटको अपील गर्न गृहप्रदेश छिरेका हुन् । उनलाई भोट गर्न प्रभु पेको एप डाउनलोड गरेर १७ नम्बरमा मत दिनुपर्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width