क्यासलको हस्पिटल पार्टनरमा दीप हस्पिटल

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७८
hospital news

पोखरा । नेसनल फुटसल लिगमा प्रतिस्पर्धा गर्ने पोखरेली टोली स्पोर्टस् क्यासललाई हस्पिटल पार्टनरको रुपमा दीप हस्पिटल एन्ड रिसर्च सेन्टरले साथ दिने भएको छ । पोखरा रंगशालामा आगामी २ असोजदेखि २२ गतेसम्म सञ्चालन हुने लिग अवधिभर खेलाडीलाई आवश्यक स्वास्थ्यसम्बन्धी सबै सेवाहरु उपलब्ध गराइने अस्पतालका सञ्चालक अर्जुन गुरुङले बताए ।
उनले क्यासल टिमलाई व्यवस्थापनका लागि ५० हजारसमेत सहयोग गरेको बताए । ‘५० हजार त सानो रकममात्रै हो, उनले भने, ‘हामीले आगामी दिनमा समेत क्यासलसँग सकारात्मक र रचनात्मक कार्यक्रमहरुमा सहकार्य निरन्तर गर्नेछौं ।’
पोखरा महानगरपालिका १ स्थित शिक्षा कार्यालयको पारिपट्टिरहेको दीप अस्पतालमा २४ सैं घन्टा आकस्मिक सेवासमेत सञ्चालन हुँदै आएको छ । गुरुङका अनुसार आकस्मिक सेवासँगै भिडियो एक्सरे, एक्सरे, इसिजी, ओपिडी र ल्याबको व्यवस्था रहेको छ ।

इन्स्युरेन्स पार्टनरमा ‘सगरमाथा’

सगरमाथा इन्स्युरेन्स कम्पनी प्रालिले क्यासलका खेलाडीहरुलाई लिग अवधिभरका लागि जनही १ लाख बराबरको स्वास्थ्य बिमाको व्यवस्था गरेको न्युरोड शाखा प्रमुख राजेश केसीले बताए । उनकाअनुसार खेलका अवधिमा कुनै पनि क्यासलका खेलाडी घाइते भएमा उपचारका लागि सगरमाथा बिमा कम्पनीले व्यहोर्ने छ ।
यसअघि क्यासललाई पोखराकै प्रतिष्ठित व्यपारिक घराना अंशुभराले मुख्य प्रायोजनको रुपमा १ वर्षको लागि सम्झौता गरिसकेको छ ।
गण्डकी प्रदेशबाट स्पोर्टस् क्यासलसँगै सविन मेमोरियल फुटसल टिमले उक्त लिगमा सहभागिता जनाउँदै छ । देशभरबाट कुल १० टिमको सहभागिता रहने सो प्रतियोगिताको विजेता टोलीले नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने अखिल नेपाल फुटबल संघ (एन्फाले) जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । पोखरा न्युरोडमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । लाउन्ज एन्ड बार नयाँ वर्षको अवसर पारेर सञ्चालनमा…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…

hero news full width