पार्टी फुटेको होइन, पिलो फुटेको : पृथ्वीसुब्बा गुरुङ

सविन लामिछाने
भाद्र २८, २०७८
pilo phuteko

दमौली । नेकपा (एमाले) का केन्द्रीय कमिटी सचिव एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी फुटेको नभई पिलो फुटेर पिप बगेको भन्दै चिन्ता लिनु नपर्ने बताएका छन् । आइतबार दमौलीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले माधवकुमार नेपालले बनाएको नेकपा एकीकृत समाजवादीमा जानेलाई पिलोको पिपको संज्ञा दिँदै उनले भने, ‘ पार्टी फुटेको होइन, एमालेमा भएको  पिलो फुटेकोमात्रै हो । माओवादी केन्द्रसँगको एकता टुटेपछि एमालेमा उत्पन्न भएको पिलोको पिप फुटेर गएको हो । अब नेकपा एमाले स्वच्छ बन्छ,’ उनले भने, ‘ शरीरमा कहिलेकाहीं पिलो आउँछ अनि फुटेर पिप बग्छ । अहिले त्यस्तै भएको हो । यसमा चिन्ता लिनुपर्ने कुरै छैन ।’
पार्टीमा भएको पिलोको पिप बगेपछि एमाले स्वच्छ हुने भन्दै पार्टी टुक्रिएकोमा चिन्ता नलिन कार्यकर्तालाई गुरुङले आग्रह गरे । गण्डकीमा १ हजार ७ सय ६० मध्ये ३८ जना पिलोको पिप भएर बगेर गएको उनको भनाइ थियो । विभिन्न पदको लोभ देखाई झुक्याएर एकीकृत समाजवादीमा लगेको भन्दै उनले फेरि आफ्नै घरमा फर्किने विश्वास व्यक्त गरे । नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले आगामी निर्वाचनमा जितेर एमाले फेरि पनि सरकार बनाउने र विकास तथा समृद्धिको नेतृत्व गर्ने दाबी गरे । उनले भने, ‘ एमाले कम्युनिस्ट आन्दोलन र राजनीतिको प्रमुख धारसँगै नेपालको विकासको अभियन्ता पनि हो । सिद्धान्त र उद्देश्यबिनाको नेकपा एसले हामीलाई केही असर गर्न सक्दैन ।’ जनादेशबाट होइन जालझेलबाट सरकारबाट हटाइएकाले चुनावबाट यसको जवाफ दिने उनले दाबी गरे । ‘चुनाव त आओस् जवाफ दिनुपर्छ, एकमुष्ट, थोक जवाफ दिनेछौं,’ पूर्व मन्त्रीसमेत रहेका गुरुङले भने । गएको चुनावमा तनहुँ एमालेको लालकिल्ला रहेको बताउँदै उनले आगमी चुनावमा समेत लालकिल्ला बन्ने दाबी गरे । नेकपा एमालेका वैकल्पिक पोलिटव्युरो सदस्य जगत विश्वकर्माले बिग्रिएका मान्छेले पार्टी छोडेको बताउँदै पार्टीलाई कुनै असर नभएको बताए ।
कार्यक्रममा १ सय ८ जनाले नेकपा एमाले पार्टी प्रवेश गरेको जिल्ला सचिव भगवती न्यौपानेले जानकारी दिइन् । पार्टीका जिल्ला अध्यक्ष केदार सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एकबहादुर राना, ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य दधिराज सुवेदी, गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङलगायतले एमालेलाई बलियो बनाएर अघि बढाउनुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width