‘कुमारी’ हिमाल खोल्ने कसरत !

प्रकाश ढकाल
भाद्र २८, २०७८
RADHIKAKANDEL_Pokhara_RSS_27(1)

विभिन्न ठाउँबाट देखिएको माछापुच्छ्रे हिम श्रृङ्खला । तस्बिर : राधिका कँडेल/रासस

पोखरा । सन् १९५७ मा बेलायती सेनाका कर्णेल जिम्मी रोबर्टसले भर्जिन दाबी गरिएको माछापुच्छ्रे हिमालको आरोहण गरे । तत्कालीन समयमा उनले राजाबाट अनुमति लिएरै आरोहण गरेका थिए । सुरुमा घाचोक क्षेत्रबाट चढ्न प्रयास गरे पनि स्थानीयले रोकेपछि उत्तरी क्षेत्रबाट आरोहण गरेको बताइन्छ । औपचारिक आरोहण त्यसयता भएको छैन । माछापुच्छ्रेलाई गुरुङ समुदायको धार्मिक आस्थासँग जोडिएको छ । संस्कृतिविद् डा. जगमान गुरुङले नरनारायणको प्रतीकका रुपमा चित्रित गरेका छन् । धेरैले उनको विचारलाई समर्थन गरेर आरोहण खुल्न नहुने बताएका छन् । पोखराका केही पर्यटन व्यवसायीहरु पनि हिमाल खोल्ने पक्षमा छैनन् । माछापुच्छ्रे हेर्नका लागि मात्रै सुन्दर हुने भन्दै यसलाई देखाएर गण्डकीले अरु ब्रान्ड बेच्नुपर्ने उनीहरुको सुझाव छ ।
तर स्थानीय सरकारबाट माछापुच्छ्रे खुला गर्न पटक पटक दबाब सिर्जना गरिएको छ । कोभिडअघि एक समय निकै छलफल गरेर पनि सेलाएको यो बहस फेरि सुरु भएको छ । गाउँपालिका अध्यक्ष कर्ण गुरुङले औपचारिक कार्यक्रममा हिमाल आरोहण खोल्नुपर्ने बताएपछि बहस चुलिएकोे हो । ‘हामी हिमाललाई आस्थाको रुपमा हेर्छौं । तर यो होइन कि, यहाँ कोही जानै हुँदैन,’ उनले भने, ‘सम्मान गर्दै, आय आर्जनसँग माछापुच्छ्रेलाई जोड्नुपर्छ । हामीसँग भएको स्रोतबाट आम्दानी गर्न नसके यसको के महत्व ?’ उनले माछापुच्छ्रेलाई पर्यटनको ‘हटकेक’ बनाउन प्रस्ताव गरे । ‘कोभिडले पर्यटन थलिएको छ । हामीले नयाँ गन्तव्य खोलेर पर्यटक बोलाऔं,’ उनी भन्छन्, ‘नत्र एउटै कुरा हेर्न र घुम्न पर्यटकहरु पटक पटक किन आउने ? अब हामी आफैंले प्रश्न गर्नु पर्दैन ?’
आरोहीहरु पूर्वी क्षेत्रमा बढी जान्छन् । गाउँपालिकाको एउटा टोलीले खुम्बु क्षेत्रको अध्ययन पनि गरेको थियो । ‘९० प्रतिशत आरोही पूर्वतिर झुम्मिन्छन् । अन्नपूर्ण नेपालमै पहिलो पटक आरोहण भएको हिमाल हो । खै त यता पर्यटक ?’ गुरुङले प्रश्न गरे, ‘हामीकहाँ ८ हजार मिटरभन्दा अग्ला ३ वटा हिमाल छन् । जवकी ८ हजार मिटरभन्दा कम उचाइका खुम्बुक्षेत्रका हिमालमा आरोहीको बाक्लो भिड छ ।’ ३ दशकअघि प्रकृतिविज्ञ डा. हर्क गुरुङले पनि माछापुच्छ्रे आरोहण खोल्नुपर्ने एजेन्डा ल्याएका थिए । तत्कालीन सांसद प्रकाशबहादुर गुरुङको पालादेखि यो छलफलमा छ । माछापुच्छ्रे गाउँपालिकाले पहिलो बैठकबाटै आरोहण खुला गर्न पहल गर्ने निर्णय गरेको थियो । त्यसपछि गाउँसभाबाट सर्वसम्मत निर्णय गराएर पर्यटन मन्त्रालयमा फाइल पुर्‍याइएको छ । तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीलाई पालिकाको टोलीले भेटेर आरोहण खुला गर्न आग्रह गरे पनि विवादित विषय भएकाले त्यो अघि बढेन ।

प्रकृतिविज्ञ डा. हर्क गुरुङले ३ दशक अघि र माछापुच्छ्रे गाउँपालिकाले पहिलो बैठकबाटै आरोहण खोल्ने पहल गर्ने निर्णय गरेको थियो

‘मैले हिमाल खोल्ने कुरा गर्दा विरोध गर्छन् । मेरो व्यक्तिगत फाइदाको कुरा हो र ? हामी समृद्धि खोज्छौं तर स्रोत चलाउन डराउँछौं,’ अध्यक्ष गुरुङ अघि भन्छन्, ‘समृद्धिका लागि हामीसँग जे छ, त्यही बेच्ने हो । माछापुच्छ्रे चढाएर पैसा कमाउनुपर्छ । यसमै हाम्रो हित छ ।’ वडा नम्बर १ का अध्यक्ष वीरेन्द्र गुरुङले पनि आरोहण खुलाउन समर्थन जनाए । ‘गाउँपालिकामा धेरै बहस गरेर सर्वसम्मत निर्णय भएको हो । अब तल्लो तहमा भन्दा माथि नै छलफल हुनुपर्छ,’ उनले भने, ‘पालिका निर्णय र यसका सार विषयहरु मन्त्रालयमा बुझाएका छौं । त्यो हेरेर सरकारले निर्णय गरोस् ।’ कोभिडको समाप्तिसँगै माछापुच्छ्रे खुला गरेको सन्देश विश्व पर्यटन बजारमा पुगे धेरै छिटो नेपालको पर्यटन पुरानै अवस्थामा फर्किने उनीहरुको विश्वास छ । ‘हिमाल जोगाउनुपर्छ । हामी पनि हिमाल नै मासेर कमाउनुपर्छ भनेर लागेको होइन,’ उनले भने, ‘संरक्षणसहित आम्दानी भनेको हो । आरोहण खुला भए त्यहाँका नागरिकले रोजगारी पाउँछन् । पर्यटकले नयाँ गन्तव्य पाउँछन् । वातावरण संरक्षण पनि सँगै हुन्छ ।’
माछापुच्छ्रेजस्तै पोखरा लेकसाइडमा रहेको रत्न मन्दिर र हिमागृहसमेत सर्वसाधारणका लागि खुला गर्न पटक पटक आवाज उठेको छ । मन्त्रीहरु पोखरा आएपछि दुवै ठाउँ घुम्छन् । खुला गर्ने आश्वासन दिन्छन् तर कहिलै खोल्ने निर्णय गरेनन् ।

Related News

सम्बन्धित समाचार

  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…
  • सहकारी पीडित आन्दोलित

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । सहकारीले रकम अपचलन गरेपछि पोखराका ६ वटा सहकारीका पीडित आन्दोलित भएका छन् । उनीहरुले बचत फिर्ता र आफूहरुको…

hero news full width