मन्त्री शर्माद्धारा घरेलु तथा साना उद्योग कार्यालयको निरिक्षण

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७८
minister visit office

????????????????????????????????????

म्याग्दी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले म्याग्दीको सदरमुकाम बेनीस्थित घरेलु तथा साना उद्योग कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री कँडेलले आइतबार निरक्षिणका क्रममा कार्यालयको अवस्था, कार्यालयमा स्रोत र साधन तथा कार्याललयमा कार्यरत कर्मचारीहरुको अवस्थाको बारेमा जानकारी लिए ।
कार्यालय प्रमुख नन्दलाल पौडेलले मन्त्री कँडेललाई प्रशासनिक, कर्मचारी दरबन्दीलगायत कार्यक्रमबारे जानकारी गराए । कार्यालय प्रमुख पौडेलले कार्यालयको आफ्नै भवन नहुँदा भाडाबाट कार्यालय सञ्चालन भइरहेको जानकारी गराए । कार्यालयले आफ्नै नाममा जग्गा र भवनको व्यवस्थापनको लागि पहल गरिदिन मन्त्री शर्मासमक्ष माग गरेको छ । कार्यालय प्रमुख पौडेलले कार्यसञ्चालनका लागि आवश्यक बजेट र सवारी साधनसमेत माग गरे ।
कार्यालय प्रमुख पौडेलले प्रदेशको आफ्नै कानुन नहुँदा कार्यसञ्चालनमा समस्या भएको जानकारी गराए । मन्त्री कँडेलले भवन निर्माणका लागि जग्गा उपलब्ध भएमा भवन निर्माण गर्न आवश्यक बजेटका लागि मन्त्रालयले पहल गर्ने बताए । मन्त्री शर्माले कार्यालयबाट प्रदान हुने सबै सेवालाई सहज र सबैको पहुँचमा पुग्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । गण्डकी प्रदेश सरकारले व्यावसायिक उत्पादनलाई जोड दिएको बताए । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र बेनी नगरपालिकाका मेयर करिकुमार श्रेष्ठे सहभागी थिए ।
कार्यक्रममा मन्त्री शर्माले आइतबार बेनीमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर), पार्टीका निवर्तमान सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँँ लगायत जिल्लाका नेता तथा कार्यकर्तासँग भेट गरेका छन् । मन्त्रीसँगको भेटमा सभापति गर्बुजाले जिल्लास्थित पर्यटन क्षेत्र र विकासबारे जानकारी गराए । म्याग्दीस्थित पर्यटकीय स्थलको विकासका लागि पूर्वाधार निर्माणमा जोड दिन सभापति गर्बुजाले आग्रह गरे ।
उनले म्याग्दीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि प्रवद्र्धनात्मक कार्यक्रमहरु ल्याउन माग गरे । सभापति गर्बुजाले म्याग्दीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकेमा पर्यटनबाट आर्थिक क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । मन्त्री शर्माले प्रदेश सरकारले पर्यटन र उद्योगलाई प्राथमिकता दिएको बताए । उनले म्याग्दीको पर्यटन क्षेत्रको विकासका लागि पहल गरिने आश्वासन दिए । उनले पर्यटन प्रवद्र्धनको अभियानमा समेत लाग्न सबैलाई आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width