Worldlink ads

उद्योगी व्यवसायीका लागि नयाँ पोखरा मेरो प्रतिबद्धता : ओझा

रामशरण नेपाली
भाद्र २८, २०७८
Rajendra Ojha

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनको प्रथम उपाध्यक्ष पदमा व्यवसायी राजेन्द्र ओझाले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छ्न् । स्थापनाकालदेखि साधारण सदस्यमा आबद्ध रहेका पुराना व्यवसायी ओझाले विभिन्न उपसमितिमा रहेर काम गर्दै २०७२ सालमा कार्यसमिति सदस्यमा अत्यधिक मतले जित्दै संघ प्रवेश गरेका हुन् । १ कार्यकाल कोषाध्यक्ष र १ कार्यकाल द्वितीय उपाध्यक्ष पदमा बसेर संघलाई महत्वपूर्ण योगदान दिइसकेका छन् ।
‘सिर्जनशील, उद्यमशीलता र आर्थिक समृद्धि आजको आवश्यकता’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रिएका ओझाले विगतका चुनावमा जस्तै यसपालि पनि व्यवसायीहरुले प्रथम उपाध्यक्ष पदमा जिताउने विश्वास गरेका छन् ।
उनी भन्छन्,‘ मसँग स्पष्ट भिजन छ, उद्योगी तथा व्यवसायीलाई व्यवसाय गर्नको लागि लेखनाथ सहरलाई नयाँ पोखरा निर्माण गर्न विभिन्न निकायसँग आवश्यक पहल गर्नेछु । यो मेरो मुख्य एजेन्डा हो ।’
‘व्यवसायीहरुको हकहित संरक्षण गर्न, पर्यटन विकासका लागि विभिन्न निकायमा समन्वयको भूमिका खेल्न, बजार व्यवस्थापनमा सहजीकरण गर्दै कृषि उपज खरिद बिक्री केन्द्रलाई व्यवस्थापन रुपले सञ्चालन गर्न मेरो उम्मेदवारी रहेको छ ।’
‘दर्ता नै नगरी व्यवसाय गर्दै आएका पोके व्यवसायीलाई निरुत्साहित गर्दै व्यवसायीलाई परेका समस्या र मर्कामा उद्योग वाणिज्य संघ अभिभावक बन्नुपर्छ,’ ओझाले भने ।
व्यवसायीहरुसँग प्रत्यक्ष भेटघाट बाक्लो बनाएका ओझाले व्यक्तिको कामको मूल्यांकन हेरेर सक्षम व्यक्तिलाई वाणिज्य संघमा स्थान दिन अनुरोधसमेत गरेका छन् ।
पेसाले हार्डवेयर व्यवसायी रहेका ओझा नागरिक परोपकार समन्वय संस्थाको संस्थापक अध्यक्ष हुन् । विभिन्न सामाजिक संघ संस्थाको संलग्नताले सिकाएको अनुभवलाई उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष पदमा रहेर उपयोग गर्ने चुनौती ओझामा रहेको छ ।

Related News

सम्बन्धित समाचार

    • लेउवा संघका पदाधिकारीको स्वागत

      आदर्श समाज सम्वाददाता असाेज १२, २०७८
      पोखरा, १२ असोज । लेखनाथ उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई सुरताल इभेन्ट एन्ड मल्टीमिडिया प्रालिले स्वागत तथा बधाई ज्ञापन गरेको…
    • ३ सयले घट्यो सुनको मूल्य

      रासस असाेज १२, २०७८
      काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । छापावाल सुन सोमबार प्रतितोला रु ८९…
    • लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचित टोलीलाई व्यवसायीको बधाई

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      पोखरा । पोखरा उद्योग वाणिज्य संघले लेखनाथ उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष छत्रधर आत्रेय नेतृत्वको कार्यसमितिलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना…
    • नेप्सेमा उच्च अङ्कको गिरावट

      रासस असाेज ११, २०७८
      काठमाडौं । आइतबार जस्तै आज पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल…
    • मध्य भोटेकोशीको आइपीओ बाँडफाँट

      रासस असाेज ११, २०७८
      काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बाँडफाँट गरेको छ…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads