विद्यार्थी छनोटमा निष्पक्षता अपनाउँदा जनप्रियको उत्कृष्ट नतिजा

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७८
janapriya ma 95s

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको एमबिए इन हस्पिट्यालिटी म्यानेजमेन्ट दोस्रो सेमेस्टरको परीक्षाफल प्रकाशन भएको छ । एमबिए दोस्रो सत्रको नियमित परीक्षामा ९५ प्रतिशत विद्यार्थीले उत्कृष्ट नजिता ल्याउन सफल भएका छन् ।
डिग्री लेभलका विद्यार्थीको शैक्षिक सत्रलाई मध्यनजगर गर्दै क्याम्पसले कोरोना महामारीबीच गत ३० असारदेखि ५ साउनसम्म परीक्षा सञ्चालन गरेको थियो । एमबिए पहिलो ब्याजका विद्यार्थी हाल तेस्रो सेमेस्टरमा अध्ययनरत छन् ।
एबिए इन हस्पिट्यालिटी म्यानेजमेन्ट कार्यक्रम नेपाली तथा विदेशी विद्यार्थीहरूलाई हस्पिट्यालिटी क्षेत्रसँग सम्बन्धित व्यवस्थापकीय ज्ञान, सीप तथा दृष्टिकोणको विकास गरी दक्ष जनशक्ति पर्यटन उद्योग र अन्तर्राष्ट्रिय श्रम बजारमा पठाउने उद्देश्यले सञ्चालन गरिएको क्याम्पस प्रमुख विरञ्जी गौतमले जानकारी दिए । क्याम्पस प्रमुख गौतमले गुणस्तरको कसीलाई कायम राख्दै विद्यार्थी भर्ना छनोटमा निष्पक्षता अपनाउँदा, छानिएका विद्यार्थीले आफ्नो क्षमता देखाउँदा नै उत्कृष्ट नजिता ल्याउन सफल भएको दाबी गरे ।
विश्व अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ६० प्रतिशतभन्दा माथि रहेको छ । दक्ष जनशक्ति उत्पादन हुँदा सेवा क्षेत्रमा प्रवेशका लागि ढोका खुल्नेछ । पर्यटन उद्योगमा दक्ष जनशक्तिको माग र खपत दिनप्रतिदिन बढ्दो छ । हस्पिट्यालिटी म्यानेजमेन्टले केवल पर्यटन क्षेत्रलाई मात्रै नभई समग्र सेवा क्षेत्रलाई योगदान दिने भएकाले जनप्रियको नतिजाले थप आशामुखी बनाएको छ ।
गत असारमा बिबिए संकायका २ जना विद्यार्थी नेपाल भरिकै प्रथम, २ जना विद्यार्थी दोस्रो र २ जना विद्यार्थी तेस्रो हुन सफल भएका थिए । जनप्रियको यस्तो रहरलाग्दो नतिजाले क्याम्ससको गरिमा उँचो भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष तारा गिरीले बताए ।
एमबिए इन हस्पिट्यालिटी म्यानेजमेन्ट अध्ययनका लागि बिएचएम, बिएमटिएम, बिबिए, बिबिएसलयायत विज्ञान, व्यवस्थापन, मानविकी तथा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले आवेदन दिई प्रवेश परीक्षा पास गरी अध्ययन गर्न सक्ने कार्यक्रम संयोजक विश्वाशराज पौडेलले जानकारी दिए ।
जनप्रिय बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धन र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर मान्यता प्राप्त गरेको छ । मानित विश्वविद्यालयको गोरेटोमा अगाडि बढेको जनप्रियले आफ्नै पहलमा पाठ्यक्रम तयार गरी स्वायत्त कार्यक्रमअन्तर्गत एमबिए इन हस्पिट्यालिटी र स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) को शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
प्रातः र दिवा सत्रमा ५ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पसमध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनोटमा परेको जेएमसीले २ पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा सर्वोकृष्ट ठहरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width