पोखरा । जैन सम्प्रदायले मनाउने प्रयुर्षण पर्वको अवसरमा आयोजित उपवास कार्यक्रमको पोखरामा समापनसँगै जैन भवनमा आइतबार सम्मान समारोह आयोजना गरियो ।
समारोहमा वरिष्ठ कलाकार सन्तोष पन्त, धर्मपाल वशिष्ठ, डा. नारायणाचार्य देवबाबा, ज्यो.नीरविक्रम पौडेल, कर्णेल जयेन्द्र सिंह बस्नेत, कास्की जिल्ला अदालतका न्यायाधीशद्वय दण्डपाणि शर्मा र विष्णु उपाध्याय, पूर्वमन्त्री महादेव गुरुङ, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खराल लगायतलाई सम्मान गरिएको थियो ।
नेपाल केशरी डा.मणिभद्र मुनि महाराज, ब्राह्मण समाज नेपालका अध्यक्ष डा.नारायणप्रसाद अधिकारी, अग्रज पत्रकार कृष्णप्रसाद बास्तोला र मानव मिलन संस्था पोखराका अध्यक्ष गुप्तप्रसाद शर्माले सम्मान अर्पण गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार सन्तोष पन्तले देश जोगाउन हाम्रो सनातन हिन्दु संस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको बताए ।
पयुर्षण पर्वमा मानव मिलन अन्तर्राष्ट्रिय महिला विभाग सचिव सावित्री शर्माले शुद्ध जलमात्र पिएर ८ दिन, लक्ष्मी लामिछाने, कमला सुवेदी र दीपा शाहले ३/३ दिन उपवास गरेका थिए । यसैगरी गौमती विकले ८ दिन एकासना गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
अमरसिंह माविको ६८ औं वार्षिकोत्सव
लायन्स लेखनाथमा कृष्णप्रसाद
‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’
फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि
‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’
hero news full width
मुख्य समाचार
वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
चैत्र १५, २०८०गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
चैत्र १५, २०८०किरिया बसेका दाजुभाइ परीक्षामा
चैत्र १५, २०८०सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०