कांग्रेस वडा समितिको कार्यालय उद्घाटन

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७८
congress~kabiraj

लेखनाथ । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा ३२ को सम्पर्क कार्यालय शनिवार उद्घाटन गरिएको छ । पार्टीका पूर्व महामन्त्री तारानाथ रानाभाट र पूर्व कानुन मन्त्री मन्त्री यज्ञबहादुर थापाले वडा समितिको कार्यालय संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यालयको उद्घाटन गर्दै रानाभाटले आफूले सुखी नेपालीको परिकल्पना गरेको बताउँदै कांग्रेसको १४ औं महाधिवेशन एकता, मर्यादा र अनुशासन भएकोले सबै एकजुट हुन आग्रह गरे । पूर्व कानुन मन्त्री यज्ञबहादुर थापाले कास्कीमा सबै वडाबाट महाधिवेशनमा योग्य र निष्ठावान कार्याकर्तालाई निष्पक्ष ढंगले महाधिवेशन स्वतन्त्रपूर्वक सम्पन्न गर्न आ–आफ्नो ढंगबाट सहयोग गर्नुपर्ने बताए ।
कांग्रेसका जिल्ला सभापति कृष्ण केसीले पार्टीले सबै सम्भव र सम्भावनाका साथ योजना अगाडि बढाउने धारणा राखे ।
कांग्रेस वडा ३२ का वडा सभापति कुलप्रसाद अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा अध्यक्ष अक्कलबहादुर कार्की,  क्षेत्र १ का क्षेत्रीय सभापतिका उमेदवार वुद्धिमान गुरु«ङ, केन्द्रीय सदस्य तारादेवी अधिकारी लगायतका आगामी महाधिवेशनमा आकांक्षीले आआफ्नो धारणा सहित परिचय र प्रतिबद्धता राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width