गण्डकी विश्वविद्यालयको डिनमा डा. कपिल अधिकारी

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७८
dr Kapil adhikari

पोखरा। गण्डकी विश्वद्यिालयको डिनमा डा.कपिल अधिकारी नियुक्त भएका छन् । उपकुलपति प्राडा नवराज देवकोटा संयोजकत्वमा गठित समितिले डा. अधिकारीलाई डिन नियुक्त गरेको हो ।

उनले नियुक्तिसँगै शुक्रबारै पदबहालीसमेत गरेको उपकुलपति देवकोटाले जनाए । डिन डा.अधिकारीले अमेरिकाबाट भौतिकशास्त्रमा विद्यावारिधि हासिल गरेका छन् ।

गण्डकी विश्वविद्यालयको स्थापनाको २ वर्ष पनि नपुग्दै विश्वविद्यालयको कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्राध्यापक र कर्मचारी हुँदै साइन्स एन्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि संकाय)को डिनमा राष्ट्रिय प्रतिष्पर्धाबाट डा अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले बताए ।

गण्डकी विश्वविद्यालयले ३ विषयमा अध्ययन अध्यापन सुरु गर्ने जानकारी दिंदै उपकुलपति देवकोटाले असोज १७ बाट अध्ययन अध्यापन सुरु गर्ने बताए । विश्वविद्यालयले नेपालमा नै पहिलो पटक सुरु गरेको स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको अध्ययन अध्यापन लेखनाथ भण्डारढिकस्थित नेपाल आदर्श माविमा सुरु गर्ने भएको छ । बि–फर्मा विषयको पोखरा ३२ स्थित ज्ञानकुञ्ज मावि र सूचना प्रविधि विषय महेन्द्रपुलबाट सुरु गर्ने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width