Worldlink ads

पोखरामा डिसहोम फाइबर नेट शुभारम्भ

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७८
Dish Home Photo

पोखरा । डिस मिडिया नेटवर्क लिमिटेडले पोखरामा डिसहोम फाइबर नेटको औपचारिक सुरुआत गरेको छ । बुधबार पोखरा ८ नयाँबजारस्थित भट्टराई एन्ड ब्रदर्स सप्लायर्स प्रालिमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले उद्घाटन गरेको हो ।
वाणिज्य संघका अध्यक्ष कोइरालाले छिटो छरितो र सर्वसुलभ इन्टरनेट उलब्ध गराउन आग्रह गरे । इन्टरनेट प्रदायक संस्थाहरुको भीडमा अब्बल साबित गर्न उनले सुझाए । ‘पोखरामा धेरै नेटहरु छन्, सबैले राम्रो नै रोज्छन्,’ उनले भने, ‘यो भिडमा कसले राम्रो सेवा सुविधा दिन्छ भन्ने ठूलो कुरो हो ।’ सरकारले लगानी गरेको क्षेत्रभन्दा पनि निजी क्षेत्रले लगानी गरेको क्षेत्र बढी उपयोगी भएको उनले दाबी गरे । नेटले आम नागरिकको जनजीवन पेपरलेस बनाएको समयमा आएको डिसहोम पÞmाइबर नेटलाई उद्योग वाणिज्य संघको साथ र सहयोग रहने बताए ।
कार्यक्रममा भट्टराई एन्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिकामोहन भट्टराईले डिसहोम पÞmाइबर नेटबारे प्रष्ट पारेका थिए । नेपालमा इन्टरनेट क्रान्ति गर्दै सस्तो सर्वसुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा दिने उनले बताए । बुधबारदेखि नै जडान हुने इन्टनेट ग्राहकको रोजाइअनुसार १० देखि १ सय एमबिपिएससम्मको प्याकेज उपलब्ध रहेको पनि उनले जानकारी दिए । सहरी क्षेत्रबाट सुरु गरेको डिस होम फाइबर नेट अब छिट्टै ग्रामीण भेगमा पनि उपलब्ध गराउने डिस होमका एरिया सेल्स मेनेजर प्रदीप सुवेदीले जानकारी दिए । डिस होम फाइबर नेटसँगै अन्य सेवाहरु उपलब्ध गराउने योजना रहेको उनले सुनाए ।
अब इन्टरनेटको समस्याले कुनै पनि नागरिक बञ्चित हुनुनपर्नेे कम्पनीको दाबी छ । भट्टराई एन्ड ब्रदर्स प्रालिले डिस होम, डिस होम फाइबर नेट तथा विभिन्न उच्चस्तरीय ब्रान्डका इलेक्ट्रोनिक तथा अटोमोबाइल्सका सामानहरुको बिक्री वितरणमा गण्डकी तथा धवलागिरी क्षेत्रमा बजार बिस्तार गरेको छ ।

Related News

सम्बन्धित समाचार

    • इन्टरनेट जडानमा अनुदान

      रासस असाेज १२, २०७८
      पाल्पा । रिब्दीकोट गाउँपालिकाभित्रका नागरिकले सूचना प्रविधिको अत्यधिक प्रयोग गरी घर तथा टोलबाट नै सरकारी सेवा उपभोग गर्न थालेका छन्…
    • नेपाल टेलिकमको नमस्ते पे एप

      आदर्श समाज सम्वाददाता भाद्र ३१, २०७८
      पोखरा । नेपाल दूरसञ्चारको नेपाल टेलिकमले नमस्ते पे सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा एप…
    • सेप्टेम्बर १० देखि नेपाल भ्लग च्यालेन्ज हुने

      आदर्श समाज सम्वाददाता भाद्र २०, २०७८
      पोखरा । नेपाली फिल्ममेकर र भ्लगर खोजी गर्ने उद्देश्यले नेपाल भ्लग च्यालेन्ज आयोजना गरिएको छ । विजेताले आगामी कात्तिक महिनामा…
    • पाल्पामा अक्सिजन उत्पादन सुरु

      आदर्श समाज सम्वाददाता भाद्र १८, २०७८
      पाल्पा । पाल्पा अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्न थालेको छ । तानसेनस्थित अस्पतालबाट अक्सिजन उत्पादन हुन थालेसँगै अक्सिजनको…
    • टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह

      आदर्श समाज संवाददाता भाद्र १८, २०७८
      काठमाडौं । नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads