जेलमा आगलागी हुँदा ४१ को मृत्यु

रासस
भाद्र २३, २०७८
Large_bonfire

प्रतिकात्मक तस्बिर

जाकार्ता । इन्डोनेसियाको राजधानी जाकार्तानजिकै रहेको एउटा जेलमा भएको आगलागीमा परी कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको छ । यस आगलागीमा परी अन्य ८० जना घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

घाइते सवैलाई अस्पताल लगिएको र ती मध्ये आठ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

स्थानीय समय अनुसार बिहान २ः२० बजे आगलागी भएको थियो र बिहान ३ः३० बजे आगो निभाइएको थियो । बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको जाकार्ता प्रहरी प्रवक्ता युस्री युनुसले जानकारी दिनुभयो ।

इन्डोनेसियाको कानून र मानव अधिकार मन्त्रालयका जेल विभागकी प्रवक्ता रिका अप्रियन्तीले भने ४० कैदी राख्नको लागी डिजाइन गरिएको भीडभाडमा १२२ जना बसिरहेका बताउनु भएको छ । प्रभावित ब्लकमा थुनामा रहेका कैदीहरुमध्ये धेरै लागुऔषधमा संलग्न रहेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • अमेरिकाको रात्रि क्लबमा गोली चल्दा ५ जनाको मृत्यु, १८ घाइते   

    आदर्श समाज सम्वाददाता मंसिर ४, २०७९
    लस एन्जलस । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य…
  • बाढीबाट ६०० भन्दा बढीको मृत्यु

    रासस असाेज ३१, २०७९
    अबुजा । अफ्रिकी देश नाइजेरियामा विनाशकारी बाढीका कारण ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। नाइजेरियाको मानवीय मामिला मन्त्रालयलाई उद्धृत…
  • अफगानिस्तानमा चरम भोकमरी

    रासस वैशाख २३, २०७९
    काबुल । अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । गरिरहेको छ । दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट…
  • ४० लाखभन्दा बढी युक्रेनीले देश छाडे

    रासस चैत्र १६, २०७८
    जेनेभा । रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले बुधबार देखाएको छ। युनएचसिआर…
  • मदिरा सेवन गरेका १७ जनाको मृत्यु

    रासस चैत्र ६, २०७८
    नयाँ दिल्ली । भारतको पूर्वी राज्य बिहारमा अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवन गरेका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टेलिभिजन…

hero news full width