सेप्टेम्बर १० देखि नेपाल भ्लग च्यालेन्ज हुने

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०७८
Default adarsha samaj

पोखरा । नेपाली फिल्ममेकर र भ्लगर खोजी गर्ने उद्देश्यले नेपाल भ्लग च्यालेन्ज आयोजना गरिएको छ । विजेताले आगामी कात्तिक महिनामा सगरमाथा आधार शिविरसम्मको यात्रामा विश्व विख्यात फिल्ममेकर तथा भ्लगरहरुसँग नेपालको प्रतिनिधित्व गर्दै पदयात्रामा सहभागी हुन पाउने छन् ।
देशभरबाट एक प्रदेशको एक जना फिल्ममेकर÷भ्लगर चुनिने छ । निश्चल बस्नेत, सिसन बानिया, रोहित शाक्य र मिलन थापाको निर्णय मन्डलबाट ७ जना चुनिने छन् । चुनिएका ७ जनामध्ये १ जना बिजेता भोटिङ माध्यमबाट चुनिने छ ।
बिजेताले १० लाख नगद पुरस्कार पाउनेछ भने सम्पूर्ण खर्च व्यहोरिएको वल्र्ड भ्लग च्यालेन्जमा सहभागी हुने अवसर पाउनेछन् ।
काठमाडौंमा पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी धनन्जय रेग्मी, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा, विश्व विख्यात आरोही कामीरिता शेर्पा, मिङ्मा डेभिड शेर्पा, प्रसिद्ध फिल्म डाइरेक्टर निश्चल बस्नेत तथा आयोजक संस्था पार्टी नेपालका अध्यक्ष श्री गुरुङसहभागी भएको कार्यक्रमबीच भिडियो च्यालेन्ज प्रतियोगिताको उद्घोष गरिएको हो ।

च्यालेन्जमा सहभागी हुन नेपाल भ्लग च्यालेजको वेबसाइटमा सेप्टेम्बर १० तारिखदेखि २० तारिखभित्र आफ्नो १ देखि ३ मिनेट लामो भिडियो बुझाउन सकिने आयोजकले जनाएको छ । २२ तारिखमा ७ प्रदेशबाट १÷१ जना बिजेता सार्वजनिक गरिनेछ । सार्वजनिक भिडियोलाई भोटिङको माध्यमाबाट बिजेता घोषणा गरिने आयोजको भनाइ रहेको छ ।
नेपालका प्रतिभाशाली फिल्ममेकरहरुलाई प्रोत्साहन गर्न तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय भ्लगर÷फिल्ममेकरसँग जोड्न प्रतियोगिताले उल्लेखनीय भूमिका खेल्ने आयोजक श्री गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…

hero news full width