मृत्यु हुने महिनाकै कम

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०७८
Corona Banner

पोखरा । कोरोना भाइरसको संक्रमण शनिबार १ हजार २ सय ६८ व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत २४ घण्टामा ९ हजार ८ सय ७५ मा परीक्षण उक्त संख्यामा संक्रमण देखिएको हो । शुक्रबार १ हजार ७ सय ५६ जनामा संक्रमण देखिएको हो । सक्रिय संक्रमित ३१ हजार ८ सय २६ जना छन् ।
यसैबीच, संक्रमणबाट निको भई शनिबार २ हजार १ सय ९५ जना घर फर्किएका छन् । अहिलेसम्म ७ लाख २५ हजार ६ सय ५१ व्यक्ति निको भई घर फर्किएका हुन् । शुक्रबारको तुलनामा निको हुने दर शनिबार पनि बढेको छ । शनिबार निको हुने दर ९४.५ प्रतिशत पुगेको छ । लगातार ३ दिनदेखि निको हुने दर बढेको छ । बुधबार ९४.१ प्रतिशत, बिहीबार ९४.२ र शुक्रबार ९४.३ प्रतिशत निको हुने पुगेका छन् ।
यता, संक्रमणबाट निधन हुनेको संख्या २४ घण्टामा घटेको पाइएको छ । संक्रमणबाट शनिबार ९ जनाको ज्यान गएको छ । यो संख्या यस महिनाकै कम हो । शुक्रबार २३ जनाको संक्रमणका कारणले निधन भएको थियो । अहिलेसम्म १० हजार ८ सय १८ जनाको संक्रमणबाट ज्यान गएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width