Worldlink ads

पाल्पामा अक्सिजन उत्पादन सुरु

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०७८
Oxygen Plant

पाल्पा । पाल्पा अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्न थालेको छ । तानसेनस्थित अस्पतालबाट अक्सिजन उत्पादन हुन थालेसँगै अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य भएको हो । नेपाल सरकारको रु एक करोड ५० लाख लागतमा अक्सिजन प्लान्ट निर्माण पूरा भएको अस्पतालले जनाएको छ ।

तानसेनमा जडान गरिएको प्लान्टबाट प्रतिदिन ठूलो आकारका ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनुभयो । उहाँका अनुसार पाल्पालगायतका छिमेकी जिल्लामा अक्सिजनको अभावका कसैले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको हो ।

जिल्लामा सञ्चालित सरकारी तथा निजी अस्पतालमा आवश्यक हुँदा अक्सिजन सहयोग हुने र कोरोनासँगै अन्य बिरामीका लागि घरमै लैजानसमेत अक्सिजन पर्याप्त भएको अध्यक्ष पाण्डेयले बताउनुभयो ।

इञ्जीनियर देवेन्द्र श्रेष्ठले प्लान्टको क्षमता ४२० लिटर प्रतिमिनेट रहेको जानकारी दिनुभयो । अक्सिजन प्लान्ट बढी क्षमताको भए पनि यसमा प्रयोग भएको बुष्टरले प्रति २० मिनेटमा एक सिलिण्डर भर्न सक्ने श्रेष्ठले बताउनुभयो । प्लान्ट ४० किलोवाट क्षमताको हो । बुष्टर ठूलो राख्दा प्रतिदिन १०० सिलिण्डरमा अक्सिजन उत्पादन हुने उहाँले जानकारी दिनुभयो ।

अस्पतालका मेसु डा जगदीश कुँवरका अनुसार अक्सिजनका लागि बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले पहिला बुटबल, नारायणगढलगायत स्थानमा पुगी अक्सिजन ल्याउनुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । कोरोनाको दोस्रो लहर आउँदा अक्सिजनको अभावमा बिरामी र आफन्तले सास्ती खेपेका थिए । -रासस

Related News

सम्बन्धित समाचार

    • इन्टरनेट जडानमा अनुदान

      रासस असाेज १२, २०७८
      पाल्पा । रिब्दीकोट गाउँपालिकाभित्रका नागरिकले सूचना प्रविधिको अत्यधिक प्रयोग गरी घर तथा टोलबाट नै सरकारी सेवा उपभोग गर्न थालेका छन्…
    • नेपाल टेलिकमको नमस्ते पे एप

      आदर्श समाज सम्वाददाता भाद्र ३१, २०७८
      पोखरा । नेपाल दूरसञ्चारको नेपाल टेलिकमले नमस्ते पे सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा एप…
    • पोखरामा डिसहोम फाइबर नेट शुभारम्भ

      आदर्श समाज सम्वाददाता भाद्र २४, २०७८
      पोखरा । डिस मिडिया नेटवर्क लिमिटेडले पोखरामा डिसहोम फाइबर नेटको औपचारिक सुरुआत गरेको छ । बुधबार पोखरा ८ नयाँबजारस्थित भट्टराई…
    • सेप्टेम्बर १० देखि नेपाल भ्लग च्यालेन्ज हुने

      आदर्श समाज सम्वाददाता भाद्र २०, २०७८
      पोखरा । नेपाली फिल्ममेकर र भ्लगर खोजी गर्ने उद्देश्यले नेपाल भ्लग च्यालेन्ज आयोजना गरिएको छ । विजेताले आगामी कात्तिक महिनामा…
    • टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह

      आदर्श समाज संवाददाता भाद्र १८, २०७८
      काठमाडौं । नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads