Worldlink ads

टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह

आदर्श समाज संवाददाता
भाद्र १८, २०७८
ntc

काठमाडौं । नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ ।

टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको हो । कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटोडायल हुने, अटोडायल भएका ग्राहकको मोबाइलमा कललग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिनेजस्ता अवस्था पनि पाइएको छ ।

यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेका कुनै एप वा वेबसाइटका माध्यमबाट हुनसक्ने भएकाले कम्पनीका ग्राहक वर्गले आफ्नो मोबाइल सेटमा अनावश्यक र शङ्कास्पद एपहरू इन्स्टल नगर्न वा हटाउन टेलिकमले अनुरोध गरेको छ । सूचनामा भनिएको छ, “सामान्यतया कम्पनीका उपकरणबाट यस्ता अनधिकृत कल नहुने भए पनि कम्पनीका ग्राहक वर्गको सुविधाका लागि सम्भवतः कुनै एप तथा वेबसाइटमार्फत हुनसक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक विश्लेषणको कार्य भइरहेको छ ।”

टेलिकमले अनधिकृत र अनावश्यक कलबाट बच्नका लागि सतर्क हुन आग्रह गर्दै उपलब्ध गराउने लकिङ कोडको प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने जनाएको छ ।-रासस

Related News

सम्बन्धित समाचार

    • ऐतिहासिक रामलीला मञ्चन कोरोनाले रोकियो

      आदर्श समाज संवाददाता भाद्र २०, २०७८
      राँझा । नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यस वर्ष पनि रोकिने भएको छ ।…
    • आजदेखि ‘लाइसेन्स’ परीक्षा

      आदर्श समाज संवाददाता भाद्र २०, २०७८
      आजदेखि ‘लाइसेन्स’ परीक्षा काठमाडौँ । बागमती प्रदेश, ।भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुन ःसञ्चालन गर्दैछ…
    • होम सेन्टरबाटै कक्षा १२ को परीक्षा, भदाै ३० मा सुरु हुने

      आदर्श समाज सम्वाददाता भाद्र १६, २०७८
      भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको आज…
    • महादेव मूर्ति दर्शनमा रोक

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा। कोरोना महामारीको बेला दर्शनार्थीको अत्यधिक भिड बढेको भन्दै पुम्दीकोट विशाल महादेव मूर्ति दर्शनमा रोक लगाइएको छ । पोखरा २२, वडा…
    • पहिरोले बस्ती जोखिममा

      सविन लामिछाने असार २८, २०७८
      दमौली । बन्दीपुर २ का सन्तबहादुर नेपाली पहिरोमा पुरिएको बाबियो निकाल्दै गरेको अवस्थामा शनिबार दिउँसो भेटिए । नयाँ घर छाउन केही…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads