रतनपाण्डेमा गुरु–गोमा स्मृति अक्षयकोष

आदर्श समाज संवाददाता
भाद्र १७, २०७८
ratan

पोखरा । पोखरा–१३ स्थित रतनपाण्डे माध्यमिक विद्यालयमा स्वर्गीय गुरुप्रसाद÷गोमादेवी बराल स्मृति अक्षयकोष घोषणा तथा हस्तान्तरण गरिएको छ । विद्यालयमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थिलाई शिक्षण सिकाइमा सघाउने उद्देश्यका ६ लाखको अक्षयकोष स्थापना गरिएको हो ।
पोखरा १३ आर्बा स्थायी घर भई हाल काठमाडौं रहेका मधुप्रसाद बराल र विन्ध्येश्वरी बराल संरक्षक रहने गरी स्व. गुरुप्रसाद/गोमादेवी बराल स्मृतिमा अक्षयकोषको रकम हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक डिल्लीराम बरालले जानकारी दिए ।
रकम हस्तान्तरण कार्यक्रममा पोखरा १३ का अध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा) ले सबैको साथ, सहयोग र योगदानले मात्र विद्यालयको समग्र शैक्षिक तथा भौतिक विकास सम्भवन हुने बताए । उनले सम्पूर्ण आर्वालीहरुको लामो योगदानबाट विद्यालय अहिलेको स्थितिसम्म आइपुगेको बताउँदै विद्यालयको स्तरोन्नतिका वडा कार्यालयबाट पहल गर्ने उल्लेख गरे ।
अक्षयकोषका संरक्षक मधुप्रसाद बरालले धेरै विद्यालयहरुका बीचमा पनि रतनपाण्डे माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरी सार्वजनिक शिक्षाको सबलीकरणमा टेवा पुर्याउन पाएकोमा खुसी व्यक्त गरे । अक्षयकोषदाता विन्ध्वेश्वरी बराल, दान उत्प्रेरणाका लागि सहजीकरण गर्ने कृष्णप्रसाद बराल, समाजसेवीहरु पोषराज बराल, किरण बराल, सुविता आचार्य, प्रतुश बराल, हरिश्चन्द्र सिग्देल, सुभाष सिग्देल, केदारनाथ सिग्देल, शरदकान्त सिग्देल, शोभाकान्त सिग्देल, बृहस्पति सापकोटा, विष्णुमाया सापकोटालगायतले विद्यालयले गरेको पछिल्लो शैक्षिक सुधारबाट प्रभावित भएर अक्षयकोष स्थापना गरिएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य विनोद बरालले स्वागत र प्रअ डिल्लीराम बरालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…
  • हिमालय माविले स्वर्ण महोत्सव मनाउने

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । अन्नपूर्ण ७ स्थित हिमालय माविले त्रिदिवसीय कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले यही वैशाख १०…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…

hero news full width