कमलपोखरी क्षेत्रका दर्जनौं घर डुबानमा

सुनील सापकोटा
भाद्र १७, २०७८
Kamalpokhari

पोखरा–१३ कमलपोखरी आसपासका डुबानमा परेका घर

पोखरा । निरन्तर वर्षाका कारण पोखरा १३ कमलपोरी क्षेत्रका दर्जनौं घर डुबानमा परेका छन् । कमलपोखरी आसपासका डुबानमा परेका घरबाट निस्कनै नसक्ने अवस्था भएको छ । पोखरा १३ काहुँखोलास्थित पुलमुनि ठूला रुख आएर अड्किएका कारण पानी सडकमा उत्रिएको छ । पुलमुनि अल्झिएका रुख हटाएर पानी खोल्ने प्रयास भइरहेको छ ।

यस्तै काहुँखोलास्थित मुराज एकीकृत कृषि फार्ममा करिब २ मिटर पानी जमेको छ । जसका कारण १ लैनो भैंसी र दर्जनौं हाँस कुखुरा मरेका छन् ।

काहुँखोलामा पानीको बहाब बढेसँगै खेत र बस्तीतर्फ पानी पसेको र निकास नभएका कारण सो क्षेत्र डुबानमा परेको हो ।

पोखरा–१३ काहूँखोलास्थित डुबानमा परेको मुख्य सडक

पोखरा–१३ काहूँखोलास्थित मुराज एकीकृत कृषि फार्म

Related News

सम्बन्धित समाचार

hero news full width