श्रीकृष्णाष्टमीमा अभिनन्दन

आदर्श समाज सम्वाददाता
भाद्र १६, २०७८
janmastami krishnastami parba s

पोखरा । श्रीकृष्णष्टमीका अवसरमा भक्ति पथ फाउन्डेसन तथा विश्वहिन्दु महासंघ नेपाल कास्की समितिको आयोजनामा श्रीकृष्ण जन्मोत्सव तथा अभिनन्दन कार्यक्रम केदारेश्वरमणि महादेव आश्रममा भएको छ । संस्थाका प्रमुख संरक्षक डा. लेखनाथ आचार्यको सानिध्यतामा भएको कार्यक्रममा भक्तिपथ फाउन्डेसनका संस्थापक अध्यक्ष शीतलकृष्णजी महाराज तथा धार्मिक व्यक्तित्व केशबहादुर लोहनीलाई अभिनन्दन गरिएको छ ।
यसअघि २०७७ को श्रीकृष्णाष्टमीमा कोभिड कहरबीच जुम एपमार्फत धार्मिक एवं बौििद्धक व्यक्तित्व मोहन लामा रुम्बालाई नगद २५ हजार र सम्मानपत्रसहित अभिनन्दन गरिएको महासंघ कास्की अध्यक्ष पार्वती पौडेलले जानकारी दिइन् । यसैगरी २०७६ सालको श्रीकृष्णाष्टमीमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ र नेपाल सन्त समाज का अध्यक्ष १००८ श्री ज्ञाननन्दसरस्वती महाराज, भागवत मन्जरी राधिका दासी, र कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका संस्थापक अध्यक्ष चैतन्यकृष्ण महाराजलाई अभिनन्दन गरिएको थियो । २०७५ मा सन्त ऋषि प्रपन्नचार्य, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय नेपालका निर्देशक ब्रह्माकुमारी परिणिता, र जगत गुरु बालसन्त महाराजलाई अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा राति १२ बजेसम्म विश्वहिन्दु महासंघ नेपाल राष्ट्रिय समिति कास्की सांस्कृतिक समूहले भजनकीर्तन गरेको थियो भने शीतलकृष्णजी महाराजबाट श्रीकृष्ण जन्मोत्सव महिमा प्रवचन भएको थियो । केदारेश्वर महादेवमणिका संरक्षक डा. लेखनाथ आचार्यले श्रीकृष्णको विधिवत् पूजाअर्चना गरेका थिए ।
महासंघ कास्कीका अध्यक्ष पार्वती पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन महासचिव कमल पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width