तीजलाई घरमै सीमित बनाइने

रासस
भाद्र ११, २०७८
Teej

गलकोट । बागलुङमा लामो समयदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनाइए पनि आउँदै गरेका चाडपर्व मनाउन भने कडाइ नै गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तीज कार्यक्रम नगर्न अनुरोध गर्दै तीजलाई घरमै सीमित राख्न आग्रह गरेको छ ।

गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरिएको भए पनि गतसाउन २८ गते अघि निषेधाज्ञामामा केही खुकुलो गरिएको थियो । निषेधाज्ञा खुकुलो भएपछि कोरोना भाइरस सङ्क्रमणको सक्रिय दर बढेर ७४० पुगेपछि गत साउन २८ गतेयता अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको थियो । कोभिड सङ्कट व्यवस्थापन केन्द्र ९डिसिएमसी०को जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले बजार र सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

केही दिनयता कोरोना सङ्क्रमण दरमा विस्तारै कमी आएकाले आजदेखि बजार, पसल, उद्योग व्यवसाय, सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनका लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी तथा कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक शिवकुमार कार्कीले जानकारी दिनुभयो । “विस्तारै कोरोना घटेपछि पुनः निषेधाज्ञामा खुकुलो बनाइएको हो”, प्रजिअ कार्कीले भन्नुभयो, “स्वास्थ्य सचेतना अपनाउँदै जनजीवन सहज बनाउँदै लैजाने सरोकारवालाको नीति छ, व्यवसायीको मारलाई समेत मध्यनजर गर्दै खुकुलो बनाएको हो ।”

बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर पसल तथा व्यवसाय सञ्चालन गर्ने, वित्तीय संस्था, बैंक, सहकारी संस्था, मनिट्रान्सफर खुला रहनेछन् । सहकारीले भने घरदैलो बचत सङ्कलन गर्न नपाइने, तीज कार्यक्रम गर्न नपाइने, मेला महोत्सव तथा धार्मिकस्थल खुला राख्न नपाइने भएको छ । धार्मिकस्थलमा भने नित्य कर्म मात्रै गर्न पाइनेछ ।

यस्तै आवसीय होटल, रेष्टुराँ र खाजाघर सञ्चालन गर्न पाइने भए पनि पार्टी प्यालेस, जिमघरलगायत तालिम तथा सेमिनार गर्न पाइने छैन । बिहीबारसम्म जिल्लामा ३४८ सक्रिय सङ्क्रमित छन् । कोरोना भाइरस सङ्क्रमणबाट जिल्लामा हालसम्म ६५ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width