Worldlink ads

तीजलाई घरमै सीमित बनाइने

रासस
भाद्र ११, २०७८
Teej

गलकोट । बागलुङमा लामो समयदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनाइए पनि आउँदै गरेका चाडपर्व मनाउन भने कडाइ नै गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तीज कार्यक्रम नगर्न अनुरोध गर्दै तीजलाई घरमै सीमित राख्न आग्रह गरेको छ ।

गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरिएको भए पनि गतसाउन २८ गते अघि निषेधाज्ञामामा केही खुकुलो गरिएको थियो । निषेधाज्ञा खुकुलो भएपछि कोरोना भाइरस सङ्क्रमणको सक्रिय दर बढेर ७४० पुगेपछि गत साउन २८ गतेयता अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको थियो । कोभिड सङ्कट व्यवस्थापन केन्द्र ९डिसिएमसी०को जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले बजार र सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

केही दिनयता कोरोना सङ्क्रमण दरमा विस्तारै कमी आएकाले आजदेखि बजार, पसल, उद्योग व्यवसाय, सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनका लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी तथा कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक शिवकुमार कार्कीले जानकारी दिनुभयो । “विस्तारै कोरोना घटेपछि पुनः निषेधाज्ञामा खुकुलो बनाइएको हो”, प्रजिअ कार्कीले भन्नुभयो, “स्वास्थ्य सचेतना अपनाउँदै जनजीवन सहज बनाउँदै लैजाने सरोकारवालाको नीति छ, व्यवसायीको मारलाई समेत मध्यनजर गर्दै खुकुलो बनाएको हो ।”

बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर पसल तथा व्यवसाय सञ्चालन गर्ने, वित्तीय संस्था, बैंक, सहकारी संस्था, मनिट्रान्सफर खुला रहनेछन् । सहकारीले भने घरदैलो बचत सङ्कलन गर्न नपाइने, तीज कार्यक्रम गर्न नपाइने, मेला महोत्सव तथा धार्मिकस्थल खुला राख्न नपाइने भएको छ । धार्मिकस्थलमा भने नित्य कर्म मात्रै गर्न पाइनेछ ।

यस्तै आवसीय होटल, रेष्टुराँ र खाजाघर सञ्चालन गर्न पाइने भए पनि पार्टी प्यालेस, जिमघरलगायत तालिम तथा सेमिनार गर्न पाइने छैन । बिहीबारसम्म जिल्लामा ३४८ सक्रिय सङ्क्रमित छन् । कोरोना भाइरस सङ्क्रमणबाट जिल्लामा हालसम्म ६५ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

    • ऐतिहासिक रामलीला मञ्चन कोरोनाले रोकियो

      आदर्श समाज संवाददाता भाद्र २०, २०७८
      राँझा । नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यस वर्ष पनि रोकिने भएको छ ।…
    • श्रीकृष्णाष्टमीमा अभिनन्दन

      आदर्श समाज सम्वाददाता भाद्र १६, २०७८
      पोखरा । श्रीकृष्णष्टमीका अवसरमा भक्ति पथ फाउन्डेसन तथा विश्वहिन्दु महासंघ नेपाल कास्की समितिको आयोजनामा श्रीकृष्ण जन्मोत्सव तथा अभिनन्दन कार्यक्रम केदारेश्वरमणि…
    • गाईजात्राः मौलिक पर्व

      के.वी. मसाल भाद्र ८, २०७८
      नेपालमा अहिले पर्यटनको क्षेत्र फराकिलो हुँदै गएको छ । पर्यटन नै अब आर्थिक, सामाजिक, सांस्कृतिक र प्राकृतिक महत्वका लागि आधार…
    • वेलघारी शिवहरि मन्दिर सन्चालक समितिमा पौडेल

      आदर्श समाज सम्वाददाता भाद्र ३, २०७८
      वेलघारी शिवहरि मन्दिर सन्चालन समितिको अध्यक्षमा हरिप्रसाद पौडेल निर्वाचित भएका छन् । यसैगरी समितिको उपाध्यक्षमा कृष्ण कुमारी महत, सचिवमा शिवराज…
    • नागपञ्चमी पर्व मनाइदै

      रासस श्रावण २९, २०७८
      काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads