पूर्वपश्चिम राजमार्ग अवरुद्ध

रामकुमार श्रेष्ठ
भाद्र ११, २०७८
n1

नवलपरासी । नलपुरकोको गैंडाकोट र दाउन्नेमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

लगातारको बर्षातका गैंडाकोट ९ तेइस स्मृति पुल, गैडाकोट ९ थुम्सीस्थित डाइभर्सन, गैंडाकोट १० मा रहेको सशस्त्र बेस क्याम्प नजिकै रहेको डाइभर्सन र गैडाकोट ११ भेडाबारीमा रहेको डाइभर्सन बगाएको छ ।

जसले गर्दा पूर्वपश्चिम राजमार्ग गैंडाकोटका ४ स्थानमा दुवैतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

त्यसैगरी बिनयी त्रिबेणी गाउँपालिका २ दाउन्नेस्थित पूर्व पश्चिम राजमार्गमा माथिबाट आएको पहिरोले पूर्व पश्चिम राजमार्ग दुई तर्फी नै अवरुद्ध भएको छ ।

सडक गएराति देखि नै अवरुद्ध भएको हो । अवरुद्ध सकड खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width