पर्वत । रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्युु भएको नेपाली दुतावासले जनाएको छ । उहाँको मृत्युको कारण खुलेको छैन ।
नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले दिएको जानकारीअनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आएको बताउनुभयो । राहदानी नं १०३०९३१७ की परियारको अभिलेख हेर्दा उहाँले सन् २०१४ मा साउदी अरबका लागि श्रम स्वीकृति लिएको देखिएको छ । बयालीस वर्षीया पुतली अहिले अवैधानिकरूपमै कुवेतमा काम गर्दै आएको दूतावासले जनाएको छ । दूतावासमा परियारको मृत्यु प्रमाणपत्र भने आइसकेको छैन । पुतलीका आफन्तलाई कानुनी प्रक्रियालगायतमा सहजीकरणका लागि नेपाली राजदूतावासको सम्पर्कमा आउन आग्रह गरिएको छ ।
Related News
सम्बन्धित समाचार
कतारमा भलिबल, कास्की आदर्श समाजलाई उपाधि
वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ कास्कीमा सुजन श्रेष्ठ
कास्की आदर्श समाज कतारको शुभकामना आदानप्रदान
कतारमा शुभकामना आदानप्रदान
परदेशको पसिनाको प्रतिफल कसरी ?
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१