म्याक्स टिभीमा ‘तमुस्यो’

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०७८
Tamushyo Photo

पोखरा । गुरुङ चलचित्र तमुस्यो मेगा म्याक्स टेलिभिजनको च्यानल नम्बर ७७७ मा प्रसारण हुने भएको छ । पाइला फिल्मस् प्रालि र मेगा म्याक्स टेलिभिजनबीच भएको सम्झौताअनुसार भदौ ११ गतेदेखि चलचित्र म्याक्स टिभीमा प्रसारण हुने भएको हो । पे–पर–भ्युको आधारमा दर्शकले फिल्म हेर्न पाउने भएका छन् ।
कोरोना महामारीले हलहरु बन्द भएको अवस्थामा टिभीमा गुरुङ चलचित्र प्रदर्शन गरेर सबै दर्शकमाझ पुर्‍याउने काम म्याक्स टिभीले गरेको मेगा म्याक्स टेलिभिजन सञ्चालक मनोज गुरुङले बताए । गत १ साउनमा भोजबहादुर गुरुङ निर्देशित फिल्म मैरिमो म्याक्स च्यानलमा प्रदर्शन भएको थियो । मैरिमो प्रसारण भएपछि आफूहरुमा थप हौसला बढेको बताउँदै अब झोलामा टिकट बोकेर हिँड्ने दिनको अन्त्य हुने धारणा राखे ।
माओत्से तुङ गुरुङले निर्देशन गरेको गुरुङ चलचित्र प्रदीप गुरुङले निर्माण गरेका हुन् । बलबहादुर गुरुङ, सुमित गुरुङ, निकिल गुरुङ, उर्मिला गुरुङ, रोशनी गुरुङ, प्रेमा गुरुङ, रेजिना गुरुङलगायत कलाकार रहेको तमुस्यो पवर्तको चित्रे र कास्कीको केही गाउँहरुमो छायांकन गरिएको छ । एउटा गुरुङ्सेनी (तमुस्यो) ले आफ्नो भेषभूषा, भाषा, संस्कृति, रहनसहन र पहिचानमा रोधींबाट कसरी सुरु गर्छिन् भन्ने देखाउन खोजिएको निर्देशक गुरुङले बताए । चलचित्रमा रोधीं एउटा सिर्जनशील घर हो भन्ने पनि देखाउन खोजिएको गुरुङ बताउँछन् ।

Related News

सम्बन्धित समाचार

  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • बेरोजगार युवाको कथा ‘डिग्री माइला’

    आदर्श समाज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा । रामबाबु गुरुङ निर्देशित नेपाली फिल्म ‘डिग्री माइला’ प्रदर्शन तयारीमा छ । यही ३० चैतदेखि अलनेपाल रिलिज हुन लागेको…
  • सिनेमा प्रतिक्रिया दिन पोखरामा रिभ्यू बक्स

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । सिनेमा हेरिसकेपछि प्रतिक्रियाका लागि कास्कीमा रिभ्यू बक्स स्थापना गरिएको छ । चलचित्र पत्रकार संघ (चपस) नेपाल, कास्कीले पोखराका दुई…
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width