बाघको आक्रमणबाट एक जना घाइते

रासस
भाद्र ८, २०७८
Sumatran Tiger at Melbourne Zoo

चितवन । धान गोड्ने क्रममा बाघको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । माडी नगरपालिका–९ वगहीमा बाघको आक्रमणबाट स्थानीयवासी ५५ वर्षीय प्रेमबहादुर विक घाइते हुनुभएको हो ।

आज दिउँसो धान गोड्ने क्रममा उहाँलाई बाघले आक्रमण गरेको हो । आक्रमणमा परी घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेको अवस्था खतरामुक्त रहेकोे छ ।

Related News

सम्बन्धित समाचार

hero news full width