काबुल । अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।
गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।
खामा प्रेसकाअनुसार बैंक बन्द र सबैभन्दा ठूलो पैसा साट्ने बजार साराई शाहजादा बन्द हुँदा काबुलका मानिसले कठिनाइको सामना गरिरहेका छन् । सरकारी अधिकारी तथा अन्य निजी कर्मचारीले पनि आर्थिक समस्याको सामना गरिरहेका छन् किनभने यो महिना समाप्त हुनै लागेको छ र उनीहरूलाई आफ्नो तलबको कुनै छनक छैन ।
बैंकहरू बन्द गर्दा मानिसले आफ्नो बैंक खातामा पैसा भएपनि तिनीहरूले आफ्नो रकम झिक्न बैंकिङ पहुँच प्राप्त गर्न सकिरहेका छैनन् ।
शनिबारको दिन साराई शाहजादाले एक बयानमा बताएअनुसार मुद्रा सटही बजार केन्द्रीय अफगानिस्तानको केन्द्रीय बैंक, अफगानिस्तान–डे अफगानिस्तान बैंकमा प्रत्यक्षरूपमा निर्भर हुने भएकोले उक्त बैंकले सेवा सञ्चालन पुनःआरम्भ नगरेसम्म बन्द रहने खामा प्रेसले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ ।
निजी बैंकले अनिश्चितकालका लागि बन्द रहने घोषणा गरेका बेला सरकारी बैंक खुल्नेबारे कुनै औपचारिक घोषणा भएको छैन ।
गत हप्ता तालिबानले काबुल कब्जा गरेपछि मानिस राष्ट्र छोड्न दौडधुपमा रहेका ले अफगानिस्तानको अवस्था घट्दै गएको छ । अगष्ट १५ मा राष्ट्रपति अररफ गनीले झडप र सुरक्षाको कारण देखाउँदै विदेश पलायन भएपछि अफगानिस्तानमा अहिले सरकारबिहीन अवस्था रहेको छ ।
Related News
सम्बन्धित समाचार
अमेरिकाको रात्रि क्लबमा गोली चल्दा ५ जनाको मृत्यु, १८ घाइते
बाढीबाट ६०० भन्दा बढीको मृत्यु
अफगानिस्तानमा चरम भोकमरी
४० लाखभन्दा बढी युक्रेनीले देश छाडे
मदिरा सेवन गरेका १७ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९