काबुल । तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि राजधानी काबुल पुगेका अफगान अधिकारीलाई उद्धृत गरी शनिबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
तालिवानका प्रभावशाली नेताका रूपमा चिनिने गनी बरादरले अफगानिस्तानबाट अमेरिका फर्किने प्रारूप तयार गरेको अमेरिकासँगको सम्झौतामा हस्ताक्षर गरेका थिए ।
तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने वाचा गरेको भए पनि यसबारे धेरैमा आशङ्का व्यक्त भएका छन् ।
तालिबानले सङ्कट व्यवस्थापनका लागि अशरफ गनीको पूर्ववर्ती सरकारसँग काम गरेका विज्ञहरूलाई ल्याइने बताएको छ ।
बरादरबाहेक कट्टरवादी धारका हक्कानी नेटवर्कका नेता खलिल हक्कानी पनि यतिबेला काबुलमा छन् । उनको नाम अमेरिका र संयुक्त राष्ट्र संघको फरार आतङ्कवादीको सूचीमा रहेको छ ।
अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि उक्त समूहको उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्किन थालेका हुन् । स्वदेश फर्किनेमध्ये कतिपय नेतारूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए ।
तालिवानका चार संस्थापक नेतामध्ये एक बरादर स्वदेश फर्कने क्रममा सुरुमा कान्दहार विमानस्थल हुँदै अफगानिस्तान ओर्लिएका थिए । कान्दहार तालिबानकै शब्दमा उनीहरूको पवित्र उद्गमस्थल हो । बीस वर्षअघि अमेरिकी फौजले तालिबानलाई हटाउनु अघिसम्म कान्दहार उनीहरूको महत्वपूर्ण आधारक्षेत्र थियो ।
Related News
सम्बन्धित समाचार
अमेरिकाको रात्रि क्लबमा गोली चल्दा ५ जनाको मृत्यु, १८ घाइते
बाढीबाट ६०० भन्दा बढीको मृत्यु
अफगानिस्तानमा चरम भोकमरी
४० लाखभन्दा बढी युक्रेनीले देश छाडे
मदिरा सेवन गरेका १७ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
माघ २०, २०७९