काठमाडौं । वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले राससलाई जानकारी दिनुभयो ।
तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गर्नुभएको थियो । उहाँले पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाईलोलगायतका टेलिसिरियलमा अभियन गर्दै आउनुभएको थियो । उहाँ हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ चर्चित हुनुभएको थियो ।
यस्तै उहाँले महानायक राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो विरानो’ चलचित्रसमेत निर्माण गर्नुभएको थियो । स्व थापाका श्रीमती एक छोरा र एक छोरी हुनुहुन्छ । स्व थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार लामिछानेले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
बेरोजगार युवाको कथा ‘डिग्री माइला’
सिनेमा प्रतिक्रिया दिन पोखरामा रिभ्यू बक्स
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
पृथक निर्देशन र छायांकनको ‘रंगेली’
रेखाको बहुप्रतिष्ठित चलचित्र ‘उपहार’ भित्र आशा
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१