काबुल । अफगानिस्तानमा तालिबानहरुले घर–घर जाँदै विपक्षीहरु र उनीहरुको परिवारको खानतलासी गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
राष्ट्रसङ्घले तयार पारेको एउटा दस्तावेजमा अफगानिस्तानमा तालिबानहरुले बदलाको भावना अनुसारको व्यवहार गर्ने डर रहेको उल्लेख गरिएको छ । “अफगानिस्तानका नयाँ शासकहरु सहिष्णुताको प्रतिज्ञाबाट पछि हट्दै गरेका देखिएको छ,” दस्तावेजमा लेखिएको छ ।
सरकारी सेनालाई पराजित गरी दुई दशकको युद्ध अन्त्य हुनेगरी यही अगस्त १५ का दिन अफगानिस्तानको केन्द्रीय राजधानी काबुल तालिवानले कब्जा गरेपछि उनीहरुले शासन सुरु गरेका छन् ।
कट्टरपन्थी इस्लामी आन्दोलनका नेताहरुले सरकारको पूर्वअधिकारीहरु र यसअघि तालिबानको विपक्षीका लागेका सवैलाई आममाफी दिने घोषणा गरेपनि व्यवहार भने त्यस्तो नभएको दस्तावेजमा उल्लेख गरिएको छ ।
उनीहरुले महिलाहरुको स्वतन्त्रता नखोसिने, उनीहरुप्रति उदार भावना राख्ने, अघिल्लो शासनकालको भन्दा प्रजातन्त्रीक व्यवस्था लागू गर्ने अपेक्षा पनि धेरैले गरेका थिए । काबुललाई नियन्त्रणमा लिएपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले इस्लामिक कानुनअन्तर्गत नै महिलाको अधिकारलाई सम्मान गर्ने बताएका थिए ।
तालिवान समूहको खानतलासी र उनीहरुले देखाउन थालेको व्यवहारका कारण अझै पनि हजारौँ मानिसहरु उडानहरुमार्फत राजधानीबाट भाग्ने कोसिस गरिरहेको राष्ट्रसङ्घले तयार पारेको प्रतिवेदनमा लेखिएको छ ।
राष्ट्रसङ्घका लागि गोप्य सूचना सङ्कलन गर्ने आरएचआईपीटीओ ९रिप्टो० नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको एउटा अति गोप्य सो दस्तावेजमा विपक्षीहरुलाई तालिवान समूहका व्यक्तिहरुले धम्क्याउने गरेको दाबी पनि गरिएको छ ।
तालिबानको नकारात्मक सूचीमा रहेकाहरूलाई एकदमै धेरै सुरक्षा खतरा रहेको र अफगानिस्तानमा आत्महत्याका घटना बढ्न सक्ने चिन्ता पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
राजधानी काबुलसहित देशभरि नै अहिले धेरै मानिस त्रसित अवस्थामा रहेको पाइएको छ । काबुलस्थति विमानस्थल बाहिरको अवस्था झनै अस्तव्यस्त रहेको छ । तर तालिबान समूहले भने भाग्न खोज्ने अफगानी नागरिकहरुलाई रोकिरहेको छ ।
तत्कालीन सरकारलाई सघाउन अमेरिकाले खटाएको सेना फिर्ता भएपछि तत्कालीन तालिबान विद्रोही समूहले विभिन्न प्रदेशहरुको राजधानी कब्जा गर्न थालेको एक हप्तामा केन्द्रीय राजधानी कब्जा गरेको हो ।
उनीहरुले राजधानी कब्जा गर्ने सुनिश्चित भएपछि राष्ट्रपति अशरफ घानीले नै देश छोडेर भागेपछि अफगानिस्तानको शासन अहिले तालिवान समूहको हातमा आएको छ ।
राष्ट्रपति भागेसँगै उनीहरू २० वर्षपछि पुनः अफगान सत्तामा पुगेका छन् । बीस वर्षअघि अमेरिकी नेतृत्वको फौजले उनीहरुलाई सत्ताबाट हटाइदिएको थियो ।
Related News
सम्बन्धित समाचार
अमेरिकाको रात्रि क्लबमा गोली चल्दा ५ जनाको मृत्यु, १८ घाइते
बाढीबाट ६०० भन्दा बढीको मृत्यु
अफगानिस्तानमा चरम भोकमरी
४० लाखभन्दा बढी युक्रेनीले देश छाडे
मदिरा सेवन गरेका १७ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९