Worldlink ads

रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार घोषणा

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७८
ram lal prize~

पोखरा फोटोग्राफर संघद्वारा सञ्चालित ‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’ तनहुँका फोटोग्राफर कुमारमोहन श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

१८२ औं विश्व फोटोग्राफी दिवस अवसरमा पोखरा फोटोग्राफर संघ पोखरा, नेपालले बिहीबार पुरस्कार घोषणा गरेको हो ।

गण्डकी प्रदेशभरबाट प्राप्त सिफारिस आधारमा ११ जिल्लामध्येबाट श्रेष्ठ छनोटमा परेको जानकारी पुरस्कार छनोट समिति संयोजक राममणि पौडेलले दिए । पुरस्कार राशि २५ हजार ५ सय ५५ सहित सम्मानपत्र रहेको छ ।

पोखराका फोटोग्राफर गणेश छवि÷तीर्थ श्रेष्ठले पिता रामलाल श्रेष्ठ र माता श्रीमाया श्रेष्ठको सम्मानमा १ लाख ५५ हजार अक्षयकोष राखी स्थापना गरेको सो पुरस्कार प्रत्येक २ वर्षमा प्रदान गरिंदैआएको छ । फोटोग्राफी व्यवसाय तथा फोटो माध्यमबाट समाजमा उल्लेख्य योगदान दिने फोटोग्राफरलाई सो पुरस्कार प्रदान गरिन्छ । यसअघि फोटोग्राफर विश्वरत्न शाक्य, नारायण बाटाजु, रमा राना र मदन सुब्वा सम्मान भइसकेका छन् ।

पोखरा फोटोग्राफर संघ अध्यक्ष जनक तिवारीका अनुसार उक्त पुरस्कारबाट आगामी साधारण सभामा श्रेष्ठलाई प्रदान गरिने छ । ५० वर्षदेखि फोटोग्राफी पेसामा निरन्तर लागिरहेका उनी हाल सम्झना फोटो दमौली सञ्चालन गरिरहेका छन् । लामो इतिहास बोकेका फोटोग्राफरलाई पुरस्कृत गर्न पाउँदा फोटोग्राफरको शिर उँचो भएको छनौट समिति सदस्य दुर्गाप्रसाद पौडेलले बताए ।

संस्थाका सचिव विशु बरालले सञ्चालन गरेको कार्यक्रममा नारायणहरि अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा महिला समिति संयोजक शान्ति सुवेदी, आजीवन सदस्य भक्त तामाङ, पूर्व अध्यक्ष तुलसीराम सुवेदी, पूर्व अध्यक्ष रामजी थापा, निवर्तमान अध्यक्ष रविनाथ दाहाल, संरक्षक गणेश छविलगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

    • राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी

      साधन राम्जाली असाेज १२, २०७८
      म्याग्दी, १२ असोज । गण्डकी प्रदेशमा यस वर्ष हुने नवौैं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थालिएको छ । राष्ट्रिय खेलकुद परिषद्…
    • आँधीदोभानमा ८ स्टिमरमा क्षति

      आदर्श समाज सम्वाददाता असाेज १२, २०७८
      स्याङ्जा । कालीगण्डकी गाउँपालिका ७ स्थित आँधीदोभानमा राखिएका ८ वटा स्टिमर पुरिएको छ । कालीगण्डकी जल यातायात प्रालिअन्तर्गत सञ्चालित ती…
    • स्याङ्जाका १० पालिकामा मतदानबाट सभापति चयन

      आदर्श समाज सम्वाददाता असाेज १२, २०७८
      स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाका ११ वटै पालिकाको नतिजा सार्वजनिक भएको छ । चापाकोट नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो…
    • टिमुर खेती बिस्तारमा मन्त्री थापाको जोड

      रासस असाेज १२, २०७८
      पोखरा । गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा व्यनवसायिक टिमुर खेती बिस्तार…
    • पोखराको सुन्दरतामा रमाए राजदूत

      विजय नेपाल असाेज ११, २०७८
      पोखरा । नेपालस्थित विभिन्न राष्ट्रका ११ राजदूतसहित कुटनीतिक नियोगका पदाधिकारी सम्मिलित विशिष्ट पाहुनाको टोली पोखराको सुन्दरतामा रमाएको छ । गण्डकी…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads