साफ च्याम्पियनसीपका लागि २८ फुटबल खेलाडी छनोटमा

आदर्श समाज सम्वाददाता
श्रावण ३२, २०७८
football player

पोखरा, ३२ साउन । साफ च्याम्पियनसीपका लागि २८ फुटबल खेलाडी छनोटमा परेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले च्याम्पियन तयारीमा रहेको टोलीबाट तेस्रो चरणको छनोटमा २८ खेलाडी सोमबार छनोट गरेका हुन् ।

छनोट परेका २८ खेलाडीमा किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापा मगर, नीतिन थापा, तेज तामाङ, राजन गुरुङ, पूजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशीष लामा, अभिषेक रिजाल र शिशिर लेखी छन् ।

पोखरामा भ्रमणका घोषणा गरिएको ३८ मध्ये अनुभवी फरवार्ड भरत खवास, मिडफिल्डर विक्रम लामा र डिफेन्डर रञ्जिित धिमाल, फरवार्ड जर्जप्रिन्स कार्की, राजीव लोप्चन, संजोक राई, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, रन्दीप पौडेल र विशाल सुनार बाहिरिएका छन् ।

नेपालले प्रतियोगिता तयारीका लागि भारतसँग खेल भदौ १७ र २० मा दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाली फुटबल टोली २ साता लामो प्रशिक्षण क्याम्पका लागि पोखरामा छ । उनीहरुले यतिखेर पोखरा रंगशालाको फुटबल मैदानमा प्रशिक्षण लिइरहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width