पोखरामा स्कोडाको सोरुम खुलेसँगै कुशाकको बुकिङ खुला

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७८
SKODA

पोखरा । जर्मनी प्रविधिको स्कोडा गाडीको सोरुम पोखरामा खुलेको छ । पोखराको नयाँबजारस्थित एसएसएल मोटर्स प्रालि स्कोडाको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता तय भएको छ ।
सोरुमको बुधबार पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेललगायतले उद्घाटन गरे । कार्यक्रममा उपाध्यक्ष पोखरेलले जर्मन प्रविधिको स्कोडा गाडी पोखरा क्षेत्रमा थप लोकप्रिय हुने विश्वास व्यक्त गरे । उनले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक हुनपर्ने औंल्याए ।
स्कोडाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले एसएसएल मोटर्सलाई बिक्रेता नियुक्त गरेको हो । पोखराको नयाँबजारमा रहेको एसएसएल मोटर्सले स्कोडा गाडीको बिक्री तथा बुकिङ सुरु गरिसकेको छ । डिलर सुरु गरेसँगै प्रालिले स्कोडाको बहुप्रतिक्षित एसयुभी कुशाकको बुकिङ पनि सुरु गरिसकेको निर्देशक सूर्यप्रसाद बरालले जानकारी दिए ।
कार्यक्रममा कम्पनीको गाडी प्रयोगकर्ता एवं समाधान मिडिया प्रालिका अध्यक्ष उमनाथ बरालले ड्राइभिङमा सहजता हुने भएकाले स्कोडा आफ्नो रोजाइ भएको बताए । एमएडब्ल्यु इन्टरप्राइजेज स्कोडा डिभिजनका डिलर मेनेजर विजय थापाले कमीकमजोरी सुधार्दै उत्कृष्ट सेवा प्रदान गरिने प्रतिबद्वता व्यक्त गरे । कार्यक्रममा आदर्श समाज दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले पनि बोलेका थिए ।
स्कोडाको कुशाक एसयुभी २ साता अगाडि मात्रै नेपाली बजारमा सार्वजनिक भएको हो । एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ ट्रिममा उपलब्ध हुने स्कोडा कुशाक सबै गरी ५ भेरिएन्टमा बजारमा उपलब्ध छन् । स्कोडा कुशाकको सुरुआती भेरियन्ट एक्टिभ म्यानुअल ट्रान्समिसनको मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । एम्बिसन म्यानुअल ट्रान्समिसनको मूल्य ५३ लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ । स्टाइल म्यानुअल ट्रान्समिसनको मूल्य ६० लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ६५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
नेपालमा बुकिङ एक सय २३ गाडीमध्ये ७५ गाडी बिक्री भएको छ । जसमध्य पोखराबाट मात्रै ६ वटा गाडी बिक्री भएको छ ।
रोबस्ट र मस्कुलर लुक रहने कुशाकले नेपाली एसयुभीप्रेमीको मन जित्ने कम्पनीले अपेक्षा गरेको छ । कुशाकको अगाडिको भागमा चौडा र अद्वितीय स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलइडी डिआरएल र फगल्याम्प छ । रुफ रेल र १७ इन्चको डाइमन्ड कट अलोय ह्विल छ । पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, र्‍याप–अराउन्ड एलडी टेललाइट छ ।
यसको इन्टेरियर चालकलाई सहज बनाउन राखिएको ‘सिम्प्ली क्लेभर’ फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन हुनेछ । यसमा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर छ ।
सुरक्षाका लागि यसमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम छ । इएससी सबै भेरियन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो । साथै यसमा टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट पनि हुनेछ । स्कोडा कुशाकमा १ लिटरको सबैभन्दा बढी पुरस्कृत टिएसआई इन्जिन हुनेछ जसले ११५ बिएचपी र १७८ एनएम टर्क उत्पन्न गर्नेछ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो । टिएसआई इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । सोरुममा कुशाकसँगै र्‍यापिड गाडी पनि बिक्रीका लागि उपलब्ध छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराबाट अथर स्कुटरको बिक्री सुरु

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    पोखरा । एथर इलेक्ट्रिक स्कुटर पोखरामा बिक्री सुरु भएको छ । एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालिमा शनिबार…
  • अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल

    आदर्श समाज सम्वाददाता पौष १२, २०८०
    पोखरा । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री श्री प्रकाशशरण महतसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा…
  • पोखरामा देशकै ठूलो अटो मेला

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा। नेपालमा विद्युतीय गाडीहरूको माग बढेको छ । विद्युतीय गाडी (इभी) प्रवद्र्धनको सरकारी नीति एवं इन्धनमा गरिने खर्च बचतका कारण…
  • पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्सको सोरुम पोखराको नयाँबजारमा…
  • सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग

    आदर्श समाज सम्वाददाता श्रावण ३२, २०८०
    पोखरा । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न भारतबाट ६ वटा स्कुल बस नेपाल ल्याइएको छ । अटोवेज प्रालिको सहयोगमा…

hero news full width