Worldlink ads

आर्वालाई धार्मिक पर्यटकीय क्षेत्र बनाइने

वासुदेव पौडेल
श्रावण २८, २०७८
arwa~

पोखरा । २ शताब्दीभन्दा अघिदेखि अस्तित्वमा आएको पोखरा १३ आर्वास्थित महाप्रभुधाम, मणिद्विपलगायत धार्मिकस्थललाई समेटेर धार्मिक पर्यटकीयको रूपमा विकास गरिने भएको छ । यहाँको पर्याप्त धार्मिकस्थलका प्रचारप्रसार हुन नसकेको अवस्थामा संघ, प्रदेश र स्थानीय तहले धार्मिक पर्यटकीय विकासका लागि ध्यान दिनुपर्ने महाप्रभुधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष धर्मराज बराल बताउँछन् ।

यहाँ आउने पर्यटकले पोखरा उपत्यकाको दृश्यावलोकनसहित अन्नपूर्णदेखि लमजुङ हिमालसम्मका रमणीय दृश्य एकसाथ नियाल्न पाउनाका साथै ऐतिहासिक एवं धार्मिक पक्ष प्रत्यक्ष अवलोकन गर्न सक्छन् ।

आजभन्दा झण्डै २ सय वर्षअघि स्वर्गद्वारीबाट महाप्रभु आएर यहाँ २ महिनासम्म यज्ञ गरेर मनोकांक्षा पूरा गरेकाले यहाँको गरिमा बढेको बताइन्छ । अध्यक्ष बरालका अनुसार तत्कालीन समयमा महाप्रभुहरूले यज्ञ गरेका कुण्ड अझै सुरक्षित रहनाका साथै वरपरका गुफा, गणेश तथा शिवजीको मन्दिर, रतन पाण्डे थान आदि धार्मिक एवं ऐतिहासिकस्थल पनि छन् ।

प्रत्येक वर्ष धान रोप्ने र भिœयाउने समयमा रतन पाण्डे स्थलमा आर्वालीले श्रद्धापूर्वक पूजाआजा गर्ने प्रचलन रही आएको छ । महाप्रभुधामसँगै यहाँको अर्काे धार्मिक पर्यटकीयस्थल मणिद्विप हो । स्थानीयवासीका अनुसार शक्तिशाली शक्तिपीठका रुपमा रहेको यस मन्दिरमा धेरै पटक नाग प्रकट भएको थियो । मन्दिरमा भक्तिपूर्वक पूजा गर्दा निःसन्तान दम्पतीलाई सन्तान प्राप्त भएकाले टाढाटाढाबाट दर्शनार्थी आउने गरेको स्थानीयवासी बताउँछन् । नागको दोषका कारण स्वास्थ्यलगायत समस्यामा परेका व्यक्ति पनि यहाँ आएर श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेर फर्केपछि समस्याबाट मुक्त भएको विश्वास अझै यहाँका बासिन्दा गर्छन् ।

प्राचीनकालदेखि नै सन्यासी बस्दै आएको यस स्थानको खरले छाएको मन्दिर २०६२ सालमा पुनःनिर्माण गरिएको तत्कालीन मन्दिर निर्माण समितिका सञ्चार संयोजक शिरोमणि बराल बताउँछन् । उनका अनुसार २०६३ सालमा हरिद्वारका महामण्डलेश्वरसहित विशिष्ट व्यक्तिको उपस्थितिमा मणिद्विपमा महायज्ञ गरी उक्त मन्दिरमा नर्मदा नदीबाट ल्याइएको शिलाको प्राण प्रतिष्ठा गरिएको थियो । प्रतिष्ठापनका बेला शिलामा लामो समयसम्म पसिना आएको स्थानीयवासीको भनाइ छ ।
त्यसयता ती धाम तथा द्विपमा प्रत्येक वर्ष बालाचतुर्दशीका दिन मेला लाग्ने तथा शतबीज छर्ने प्रचलन छ ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले सोमबार आर्वा क्षेत्रको अवलोकन गरेका थिए । धाम, र द्विप तथा यहाँका दुर्गा, महाकाली, र राधाकृष्ण मन्दिरलगायत धार्मिकस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने उनको भनाइ छ । यहाँका धार्मिक एवं ऐतिहासिकस्थलको दीर्घकालीन विकासका लागि गुरुयोजना तयार गरी अघि बढाउनुपर्नेमा जोड दिए । महाप्रभुधामको बृहत् विकासका लागि धार्मिक वनको पूरा क्षेत्र रेखांकन गरी आयुर्वेद जडिबुटीयुक्त जंगलको विकास गर्नेतर्फ स्थानीयका ध्यानाकर्षण वन कार्यालयका अधिकृत गोविन्दबहादुर थापाले जानकारी गराए ।

Related News

सम्बन्धित समाचार

    • ऐतिहासिक रामलीला मञ्चन कोरोनाले रोकियो

      आदर्श समाज संवाददाता भाद्र २०, २०७८
      राँझा । नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यस वर्ष पनि रोकिने भएको छ ।…
    • श्रीकृष्णाष्टमीमा अभिनन्दन

      आदर्श समाज सम्वाददाता भाद्र १६, २०७८
      पोखरा । श्रीकृष्णष्टमीका अवसरमा भक्ति पथ फाउन्डेसन तथा विश्वहिन्दु महासंघ नेपाल कास्की समितिको आयोजनामा श्रीकृष्ण जन्मोत्सव तथा अभिनन्दन कार्यक्रम केदारेश्वरमणि…
    • तीजलाई घरमै सीमित बनाइने

      रासस भाद्र ११, २०७८
      गलकोट । बागलुङमा लामो समयदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनाइए पनि आउँदै गरेका चाडपर्व मनाउन भने…
    • गाईजात्राः मौलिक पर्व

      के.वी. मसाल भाद्र ८, २०७८
      नेपालमा अहिले पर्यटनको क्षेत्र फराकिलो हुँदै गएको छ । पर्यटन नै अब आर्थिक, सामाजिक, सांस्कृतिक र प्राकृतिक महत्वका लागि आधार…
    • वेलघारी शिवहरि मन्दिर सन्चालक समितिमा पौडेल

      आदर्श समाज सम्वाददाता भाद्र ३, २०७८
      वेलघारी शिवहरि मन्दिर सन्चालन समितिको अध्यक्षमा हरिप्रसाद पौडेल निर्वाचित भएका छन् । यसैगरी समितिको उपाध्यक्षमा कृष्ण कुमारी महत, सचिवमा शिवराज…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads