पोखराकी आकांक्षा मिस पेटिट ग्लोबलमा सहभागिता जनाउने

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७८
aakanchha (2)

पोखरा, २० साउन । मिस ग्रेस पोखरा–२०२१ आकांक्षा विश्वकर्माले मिस पेटिट ग्लोबलमा सहभागिता जनाउँदै छिन् । सोको लागि उनले तयारी थालेकी छन् ।

पोखरामा रहेर मोडलिङ गर्दै आएकी उनी मिस ग्रेस पोखरा–२०२१ मा उपाधि विजेता भएपछि सिधैं ‘मिस पेटिट ग्लोबल–२०२२’ मा छनोट हुने अवसर पाएकी हुन् । आगामी फेब्रुअरीमा मलेसियामा सो इभेन्ट हुँदैछ ।

टियरा मेनेज्मेन्ट आयोजनामा ३५ देशका प्रतिष्पर्धीको सहभागिता रहने सो इभेन्टमा आफूले नेपाललाई चिनाउने गतिलो मौका भएको आकांक्षाले बताइन् ।

आकांक्षा हालै भएको नेपाल संगीत तथा नाट्य अवार्ड–२०७७ मा वेष्ट पेजेन्ट अवार्ड विजेता समेत हुन् । जनप्रिय क्याम्पसबाट प्लस टु सकाएकी उनी हाल स्नातक तह प्रथम वर्षमा अध्ययनरत् छिन् ।

नेपाली भेषभूषा र संस्कृति विश्वमाझ चिनाउँदै उपाधि चुम्ने लक्ष्य रहेको बताउने उनले भोलिका दिनमा मोडलिङमै करियर विकास गर्ने बताइन् ।

उपाधि दौडमा फाइनल स्पिच, प्रश्नोत्तर, इभिनिङ गाउन, स्पोर्ट वेयर, राष्ट्रिय पोशाक, टप मोडल, फिटनेस च्यालेन्ज, ट्यालेन्ट राउण्ड र डिप इन्टरभिउमार्फत प्रतियोगीले क्षमता प्रस्तुत गर्नुपर्ने बताइएको छ । जसको लागि आफूले आजैबाट तयारी थालेको उनले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width