प्रज्ञाको ‘सिंन्दुर’ ट्रेन्डिङमा

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७८
sindur

पोखरा । प्रज्ञा जोशीको टेलिसिरियल सिंन्दुर युट्युबको ट्रेन्डिङमा छ । निर्माता प्रज्ञा जोशीले दर्शकको यो मायालाई हाम्रो टिमले ठूलो सम्मान र प्रोत्साहनको रुपमा लिएको बताएकी छन् । उनले भनेकी छन्, ,‘विगतमा जसरी टेलिभिजनमा दर्शकले हाम्रो सिरियल मन पराउनु भएको थियो, त्योभन्दा बढी अहिले डिजिटल प्लेट फर्ममा मन पराउनु भएको छ ।’
सिरियलमा गरिमा पन्त, आर्यन सिग्देल, सुमन सिंह, दीपक त्रिपाठी, हेमन्त बुढाथोकी, प्रज्ञा जोशी, रन्जु लामिछने, नवीन श्रेष्ठ, गोपाल अधिकारी लगायत स्थापित कलाकारको अभिनय छ ।
प्रदीप भारद्वाजको लेखन, पुरुषोत्तम प्रधानको छायांकन, योगेश घिमिरेको निर्देशन रहेको सिरियल ओएसआर मुभिजबाट हरेक बुधबार बेलुकी ८ बजे सार्वजनिक गरिँदै आएको छ । सोमबारसम्म रेकर्डमा २ लाख भ्युजसहित सिरियल ट्रेन्डिङ २५मा छ । निर्माता जोशीले अब छिट्टै घनश्याम लामिछानेद्वारा निर्देशित एवं प्रदीप भारद्वाजद्वारा लिखित अर्को सिरियल ‘आधा खुसी’ पनि सार्वजनिक गर्ने जानकारी दिएकी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width